मारिए प्रहरी इन्काउन्टरमा काँडाघारी बालक अपहरणकारी !

निर्माण सञ्चार, काठमाडौं । भक्तपुर काँडाघारीबाट अपहरणमा परेका बालकको ‘सर्च अपरेसन’ क्रममा प्रहरी इन्काउन्टरमा २ अपहरणकारी मारिएका छन् ।

सूचना आधारमा अपहरणकारी बालक छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली चलाउँदा २ युवाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले पुष्टि गरेका हुन् ।

सिंहका अनुसार अपहरणकारीले अपहृत बालकको पनि हत्या गरेको पुष्टि भएको छ ।

उनको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सिंहको भनाइ छ ।

११ वर्षीय बालक आइतबार साँझदेखि अपहरणमा परेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउन्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल पनि बरामद भएको छ ।

 

 

...

सोमबार, २१ साउन, ०७५

 

प्रतिक्रिया

Related