काँडाघारी बालक अपहरणः अपहरणकारीद्वारा अपहृत बालकको हत्या !

आइतबार अपहरण, सोमबार फिरौती माग, मंगलबार बालककै हत्या ! इन्काउन्टरमा मारिए २ अपहरणकारी पनि
निर्माण सञ्चार, काठमाडौं । बढ्दो बाल अपहरण आजको नेपालको गम्भीर मुद्दा बनेको छ ।

आइतबार भक्तपुर काँडाभारीबाट अपहरणमा परेका बालकको अपहरणकारीद्वारा हत्या भएको प्रहरीले पुष्टि गरेको छ । अपहरित ११ वर्षीय निशान खड्कालाई अपहरणकारी समूहले हत्या गरेको प्रहरीले पुष्टि गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा नेतृत्वको ‘सर्च अपरेसन’ टोलीले खोजी गर्दा बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका हुन् ।

आइतबार अपहरण गरेका अपहरणकारीले सोमबार बिहान निशानको परिवारसँग सम्पर्क गरेर निशानको अपहरणबारे जानकारी दिएका थिए ।

त्यसपछि उनीहरुले करोड भन्दा धेरै रकम फिरौती मागेका थिए । प्रहरीले अपहरणकारी र बालकको खोजी तीब्र बनाए पनि बालकको हत्या भइसके पछि मात्र बालक फेला परेका थिए ।

हत्या पछि भक्तपुरको नगदेशमा बालकको शव गाडिएको अवस्थामा शव फेला परेको हो । सर्च अपरेसन क्रममा प्रहरीको इन्कान्टरमा दुई अपहरणकारीको पनि ज्यान गएको छ

 

 

 

...

सोमबार, २१ साउन, ०७५

 

प्रतिक्रिया

Related