‘जाजरकोट पहिरो पीडितलाई भेरी नगरपालिकाको सहयोग प्याकेज घोषणा’ मेयर घर्तीमगर

निर्माण सञ्चार, काठमाडौं । जाजरकोट सदरमुकाम खलंगा (भेरी नगरपालिका–३ ठाटिबजार) मा आइतबार बिहान आकस्मिक रुपमा गएको पहिरो पीडित परिवारलाई भेरी नगरपालिकाले सहयोग घोषणा गरेको छ ।

पहिरोमा पुरिएका ३ घरधुरी मध्ये मृत्यु हुनेको संख्या ९ पुगेको छ भने १३ जना पुरिएमध्ये एकलाई जिवितै उद्धार गरिएको थियो ।

सोमबार मध्याह्नसम्म बाँकी ३ जना अझै पहिरोमै पुरिएकाले खोजी कार्य भइरहेको जाजरकोट जिल्ला प्रहरीले निर्माण सञ्चारलाई जानकारी दिएको थियो ।

पहिरो पछि आकस्मिक रुपमा बसेको भेरी नगरपालिकाको वैठकले पहिरो पीडित घर परिवार जन तथा मृतकका नाउँमा सहयोग रकम घोषणा गरेको हो ।

भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती मगर (सिपी घर्ती) का अनुसार कार्यपालिकाको आकस्मिक बैठकले भेरी नगरपालिका वडा–३ ठाँटीमा गएको पहिरोमा परी ज्यान गुमाउने प्रतिमृतक तीस हजार रुपियाँ घोषणा गरेको छ ।

पहिरोमा परी घाइते भएकालाई जनही बीस हजार रुपियाँ सहयोग दिने नगरपालिकाले घोषणा गरेको मेयर घर्तीले बताए ।

नगर प्रमुख घर्ती बाढी पहिरोको जोखिम न्यूनीकरण गर्न आगामी दिनमा नगरपालिकाले विशेष कार्यक्रम ल्याउने पनि बताए ।

पहिरो पीडित परिवारजनप्रति सहानुभूति दिदै नगरप्रमुख घर्तीले प्राकृतिक प्रकोपबाट भएको घटनाप्रति दुख व्यक्त समेत गरेका छन् ।

नगरप्रमुख घर्तीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनले नगरपालिकाले सकेको अन्य सहयोग दिने समेत उल्लेख गरेका छन् ।  

नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती मगर (सिपी घर्ती) का अनुसार कार्यपालिकाको आकस्मिक बैठकले भेरी नगरपालिका वडा–३ ठाँटीमा गएको पहिरोमा परी ज्यान गुमाउने प्रतिमृतक तीस हजार रुपियाँ घोषणा गरेको छ । पहिरोमा परी घाइते भएकालाई जनही बीस हजार रुपियाँ सहयोग दिने नगरपालिकाले घोषणा गरेको मेयर घर्तीले बताए 

मेयर घर्तीले घटनापछि उद्धार कार्य तथा घाइतेको उपचारमा लाग्नुहुने सुरक्षाकर्मी तथा सर्वसाधारणलाई समेत आभार व्यक्त गरेका छन् ।

सोमबार दिनैभर पहिरो पन्छाउने, मृतकको शव परिवारजनलाई दिने काममा स्थानीय तथा सुरक्षाकर्मी लागिरहेको भेरी नगरपालिकाले जानकारी दियो ।

नगरपालिकाले आपतको घडीमा धैर्य धारण गर्न पीडित परिवारजनमा अपिल गरेको छ भने स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, उद्योगवाणिज्य संघ, नागरिक समाज सबैलाई उद्धार, राहत तथा पुनर्वासका लागि समेत सहयोग गर्न अनुरोध गरेको छ ।

 

पढौं यो पनि

जाजरकोट पहिरो अपडेटः ९ जनाको शव भेटियो, ‘केही’ अझै बेपत्ता ! (नामसहित) 

 

नगरप्रमुख घर्तीद्वारा जारी विज्ञप्ति

 

 

...

सोमबार, २१ साउन, ०७५

 

प्रतिक्रिया

Related