१७ दिनपछि कुहिएको अवस्थामा भेटियो शव, हत्या आशंकामा श्रीमान पक्राउ !

तीन वर्षमा २८ जनाको झुण्डिएर आत्महत्या
निर्माण सञ्चार, जुम्ला | चन्दननाथ नगरपालिका १ बाङखोलाका ३२ वर्षिया रामलाल घर्ती पक्राउ परेका छन् ।

सत्र दिनदेखि सम्पर्कविहिन रहेकी उनको श्रीमतिको आइतबार बेबारिसे अवस्थामा झुण्डिएको शव भेटिएपछि घर्तीलाई अनुसन्धानका लागि प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरीमा दर्ता भएको घटना अनुसार उनकी पत्नि ३३ वर्षीय भगवती रोकाया साउन ५ गते बेपत्ता भएकी थिईन् ।

पारिवारिक स्रोतका अनुसार साउन ५ गते घरबाट बजारमा दुध बेच्न निस्किएकी मृत रोकाय सोही दिन देखि बेपत्ता भएकी थिईन् ।

सो शव चन्दननाथ नगरपालिका १ स्थित जंगलमा आइतबार मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनको एक खुट्टा र दुबै हात किरा लागेर कुईएर गईसकेको थियो । साथै टाउको कपाल समेत खुइलिसकेको छ भने अनुहार चिन्न नसकिने अवस्थामा रहेको छ ।

घरबाट बेपत्ता भएको १७ दिनपछि एक गोठालाले लास देखेपछि प्रहरी त्यस स्थानतर्फ गएको थियो ।

शव चिन्न नसकिने अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

तल्लो शरिरमा कपडा पनि नभएको प्रहरी मुस्छुल्का र सम्बन्धित तस्बिरले देखाउँछ । तर, सबैले घरबाट दुध बेच्न निश्केकि उनलाई बलात्कारपछि हत्या गरि झुन्डयाएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२ देखि ०७५ सम्म जुम्लामा महिला तथा पुरुष गरी २८ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ ।

जस अन्तर्गत आव २०७२/०७३ मा ७ जना, २०७३÷०७४ मा १२ जना र २०७४÷०७५ मा ९ जना गरी २८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

तर, पछिल्लो समय जुम्लासहित देशका विभिन्न ठाउँमा हत्याका घटनाहरु बढ्दै गएका छन् । सोमबार नयाँ शक्ति नेपाल जुम्लाका पुर्व जिल्ला संयोजक राधाकृष्ण बुढ्थापाको पनि हत्या भएको छ ।

त्यसैगरी, एक हप्ता अगाडी मात्रै एक महिलाले घरमै आत्महत्या गरकी थिईन् ।

पछिल्लो समय बढ्दै गएका हत्या तथा आत्महत्याका घटनाले सबै त्रसित बनेका छन् ।

पारिवारिक तथा सामाजिक मनोसामाजिक समस्या, तनावका कारण यस्ता घटना बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

 

___

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, २२ साउन, ०७५ 

प्रतिक्रिया

Related