कर्णालीका अझै ९५ प्रतिशत नागरिक बिमाबाट बञ्चित !

विमाबारे जानकारी नभएको स्थानीयको गुनासो, कृषक वर्षेनि घाटा व्यहोर्दै
निर्माण सञ्चार, कर्णाली । कर्णालीमा संचालित सबै बिमा कम्पन्नी सदरमुकाम केन्द्रित छन् ।

जहाँ धनी वर्गहरु छन्, सोही ठाउँमा बीमा कम्पनीले लगानी बढी गरेर लाभ लिने गर्छन् । तर, समस्या र जोखिम ग्रामिण क्षेत्रका दुर्गम बस्तिमा पनि सदरमुकाम भन्दा कम छैन ।

दुर्गम क्षेत्रमा लगानी गर्ने अवस्था नागरिकहरुमा नहुँदा बिमा सेवाबाट वञ्चित भएका छन् ।

जुम्लामा कृषी,पशु, स्वास्थ्य, जीवन तथा निर्जिवन लगायतका बिमाहरु स्थानीय नागरिकलाई अति आवश्यक छ । जो सधैँ उज्वल भविष्यका लागि जोखिम मोलेर काम गरिरहेका छन् ।

स्वास्थ्यलाई जोखिममा राखेर कृषि कर्ममा लाग्ने, कडा मेहनत गरेर तरकारी फलाउने कृषकलाई बिमाको एकदमै आवश्यक छ । तर, दुर्गम क्षेत्रमा बिमा कम्पनी भने जान सकेका छैनन् ।

तरकारी किरा लागेर नष्ट हुने गर्दा बिमा नभएकै कारण तरकारी किसानले वर्षेनि ठुलो घाटा व्यहोर्नु परेको छ ।

जुम्लाका परान धरलाले गत वर्ष झण्डै ५ लाख बराबरको तरकारीमा किरा लाग्दा बिमा नगरेकै कारण घाटा व्यहोर्नु पर्यो । हाल उनी तरकारी खेतिमै व्यवस्त छन् । उनलाई बिमा कसरि गर्ने कहा गर्ने भन्ने बारे पत्तो छैन ।

तर, यहाँका दर्जन बढी बिमा कम्पनीमध्ये कुनैले पनि दुर्गम क्षेत्रमा गएर बिमाबारे केही जानकारी गराउनै सकेका छैनन् ।

गएको दुई वर्ष पहिले जुम्ला लगायत मुगुगाली समुदायहरुको बाढी पहिरोमा परि करोडौको क्षति हुने गरी भेडाबाख्रा, घोडा, खच्चडहरु बगायो । तर, बिमा नगरेकै कारण त्यहाँका स्थानीयले राहात पाएनन् ।

पछिल्लो समय भने विमा बारे केही जानकारी गाउँमा पुग्न थालेका छन् । बिमाबारे केही थाहा नभएको बताउँछन्, सदरमुकामका तातापानिका मान्नि कामी ।

‘सदरमुकाममा एक पछि अर्को बिमा कम्पनी आएको खबर सुन्छौँ तर बिमा कम्पनीका एजेन्ट बिमाबारे कहिले गाउँघरमा आएर जानकारी गराउँदैनन्’, उनले भने । चहना हुँदा समेत जानकारी नपाएकै कारण कर्णालीका नागरिकले बिमा गराउन सकेका छैनन् ।

जुम्लाका १८ हजार घरधुरी मध्ये अहिले सम्म ४० प्रतिशत नागरिक मात्रै बिमाको पहुँचमा रहेको देखिन्छ । जो सबै सदरमुकाममा बसोबास गर्नेहरु छन् ।

गाउँ केन्द्रित बिमा

कार्यक्रम अधिंकाश स्थानियमा बिमा प्रतिको अविश्वासले पनि बिमा नगराएको पाईएको छ ।

आईएमई जीवन बिमा कम्पनीका जुम्ला प्रबद्धक नरेन्द्र प्रसाद पाण्डेले बिमा कम्पनीप्रतिको भ्रम चिर्दै बिमा कम्पनीले गर्ने काम तथा फाईदाका बारेमा रेडियो तथा प्रत्यक्ष रुपमा गएर जानकारी गराउन आबश्यक रहेको बताए ।

अब गाउँ–गाउँ गएर बिमाका बारेमा जानकारी गराई जुम्लाका आम नागरिकलाई बिमाको पहुँचमा ल्याउने उद्देश्य रहेको पाण्डेले सुनाए ।

‘स्थानीय नागरिकहरु पनि त्यति चासो देखिएको पाईदैन’, उनले थपे, ‘कोही व्यक्तिलाई बिमाबारे जानकारी लिन खोज्दा, अज्ञात भएको बताउँछन् ।’

जुम्लामा रहेका एक दर्जन बिमा कम्पनीहरुले बिमा सम्बन्धीका जनचेतामुलक कार्यक्रम गाउँ केन्द्रित बनाउने बताएका छन् ।

साविकको कर्णालीका ५ जिल्लामध्ये सबै भन्दा बढी बिमा कम्पन्नी जुम्लामा रहेका छन् । जो कम्पनीहरुले चाडै आफ्ना सेवाहरुलाई कर्णालीका विभिन्न जिल्लामा विस्तार गर्ने योजना लिएको बताएका छन् ।

जुम्लामा रहेका बिमा कम्पनीहरुले उपशाखा कार्यालय कालिकोट, मुगु हुम्ला, डोल्पामा खोलेर त्यहाँका नागरिकलाई राहात प्रदान गरेको एसियन लाईभ ईन्सोरेन्सका जिल्ला प्रबन्धक विर बहादुर भण्डारीले बताए ।

नागरिकलाई बिमाबारे अझै विश्वास दिलाउन नसकेको उनको भनाई छ । स्पष्ट बिमाबारे जानकारी नदिइएकै कारण हालसम्म कर्णालीका ९५ प्रतिशत नागरिक बिमाबाट बन्चित रहेका छन् ।

हालसम्म विभिन्न कम्पनीहरुको तथ्यांक हेर्दा कर्णाली प्रदेशमा मात्रै झण्डै १ लाख ४४ हजार नागरिक मात्रै विमाको पहुँचमा रहेका छन् ।

हाल जुम्लामा प्राईम लाई ईन्सोरेन्स, एसियन लाईफ ईन्सोरेन्स, नेपाललाईभ ईन्सोरेन्स लगायत १० वटा जीवन बिमा कम्पनी र सुर्य र शिखर निर्जिवन बिमा कम्पनी, १२ वटा बिमा कम्पनी जुम्ला लगायत कर्णालीका पाँचै जिल्लामा उपशाखा खोलेर सेवा दिईरहेका छन् ।

कर्णालीका निर्माण सञ्चार संवाददाता सागर परियार

मंगलबार, २२ साउन, ०७५

 

प्रतिक्रिया

Related