ग्रिल तथा स्टिल व्यवसायी आत्मनिर्भर बन्दैः गोंगबुको आफ्नै भवन

निर्माण सञ्चार, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघहरु विस्तारै आत्मनिर्भर बन्दै गएका छन् । यसको ज्वलन्त प्रमाण बनेको छ गोंगबु क्षेत्रको इकाइ समिति ।

समितिले आफ्नो भवन आफैं बनाएर विधिवत उद्घाटन गरेपछि ग्रिल तथा स्टिल व्यवासयी सिमितिहरु पनि जम्दै गएका रुपमा हेरिएको छ ।

समितिको उक्त भवनको उद्घाटन ग्रील तथा स्टील व्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले गरेका छन् ।

गोगबु इकाइ समितिको नवनिर्मित भवनको बसुन्धरामा उद्घाटन गर्दै अध्यक्ष कटुवालले महासंघ अन्तर्गत सबै ग्रील तथा स्टील व्यवसायीलाई कानुनी दायरामा आउन र यसै गरी आफ्नै आर्जनले आफ्नो भवन बनाउन अनुरोध गरेका छन् ।

उक्त भवन १५ वर्षका लागि लिजमा लिएको जग्गामा निर्माण गरिएको समितिका पदाधिकारीहरुले जानकारी दिए । पहिलो चरणमा १० लाख रुपियाँ लगानीमा निर्मित उक्त प्रिफेब भवन समितिका सदस्यहरुकै सहयोगबाट बनेको हो ।

भवनको प्रयोगबाट उक्त इकाइको सचिवालय सञ्चालनमा सहजता आउने व्यवसायी बताउँछन् । गोंगबु क्षेत्रमा करिब ४ सय ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा छन् ।

 

 

 

...

बुधबार, २३ साउन, ०७५

 

प्रतिक्रिया

Related