वीर अस्पताल सरसफाइ बापत् धुर्मुस सुन्तली फाउन्डेसनलाई सरकारको ७० लाख

निर्माण सञ्चार, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनलाई सरकारले ७० लाख रुपियाँ दिने भएको छ । सरकार वीर अस्पताल सरसफाइ बापत लागेको रकम उपलब्ध गराउने भएको हो ।

साउन ११ गतेको मन्त्रिपरिषद् वैठकले उक्त फाउन्डेसनलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेबापत धुर्मस-सुन्तली फाउन्डेसनलाई ६९ लाख ८६ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिइको हो ।

सरसफाइ क्रममा उक्त फायन्डेसनलाई रकम अभाव भएको भन्दै स्वास्थ्य मन्त्रालय मार्फृत् उक्त रकम उपलब्ध गराउन प्रधानमन्त्रीले निर्देशन समेत दिएका छन् ।

जस अनुसार कुल एक करोड नौ लाख रुपियाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ लाख ८६ हजार रुपियाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा विकास देवकोटाले बताए ।

 

 

 

...

बुधबार, २३ साउन, ०७५

 

प्रतिक्रिया

Related