जोरपाटीबासीको महासेठलाई प्रश्नः बौद्ध जोरपाटी क्षेत्रमा सांसद उठे भने हिराचनलाई के गर्लान् जनताले ?

हेरेर मात्रै फेरिएन मन्त्रीज्यू ! कस्ले के भने ? भिडियो सहित
निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ सडक अनुगमनमा टुप्लुक्क देखापर्न थालेका छन् ।

विकास नै हुने हो कि जसरी उनी धुलो र हिलो भएको सडकमा उत्रिन्छन्, र सर्वसाधारणहरुलाई समेत सोध्न भ्याउँछन्, ‘धुलोले सास्ती दियो है !’ कलंकीदेखि जोरपाटीसम्मका सडकहरुमा उनको ४ पटक भन्दा बढी अवतरण भइसकेका छन् मन्त्री भएदेखि ।

बौद्ध–जोरपाटी खण्डमा त यो दोस्रो पटक हो ।

यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको अघिल्लो दिन चावहिल बौद्ध सडक खण्डको अनुगमन गरेका मन्त्रीलाई यसपाला पनि सर्वसाधारणले प्रश्न गरे, ‘बिमस्टेक सम्मेलनको लाज राख्न आउनु भएको त होलानि !

कस्ले के भने ? हेरौं भिडियो

 

हुन पनि सरकारी अधिकारीहरुको कार्यशैली जनताले फेरिएको पाएका छैनन् ।

भलै हजारौं पटक सडक हेरिएको किन नहोस् । बिहीबार बिहान मन्त्री महासेठ सो क्षेत्रका सांसद नेकपाका वरिष्ठ नेता माधव नेपाल सहितको दलबल लिएर जोरपाटी सडक खण्डमा अवतरित भए ।

हेरेर मात्र फेरिएन मन्त्रीज्यू !

यस पटकको उनको भ्रमणका लागि पनि जनताले उस्तै प्रश्न सोधे, ‘हेरेर मात्र फेरिएन मन्त्रीज्यू !’

उनलाई पच्छ्याउँदै आएका सर्वसाधारणले मन्त्रीलाई भने, ‘बरु पानी परेको बेलामा पनि अनुगमन गर्नुस् न मन्त्रीज्यू, अनि थाह हुन्छ स्मार्ट सिटीका सडकमा घरैपिच्छे कतिवटा सम्म सुइमिङ पुल बन्दो रहेछ भनेर !’

फेरि अध्यक्ष हुन चाहेका हिराचनले बनाएनन् सडक !

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका सुकुन्तलाल हिराचनको युनाइटेड बिल्डर्सले चाबहिल बौद्ध जोरापटी सडक निर्माणको जिम्मा लिएको हो ।

तर, मोदी आउने बेलामा पनि रातारात सडक टाल्ने हिराचनले टालेको सडक यतिबेला चुच्चुपाटीको हिलाम्मेमा फेरिएको छ ।

त्यतिबेला अनुगमनमा आएका मन्त्री महाशेठले यसरी नै भनेका थिए, ‘अब महिना दिनभित्र जोरापाटीसम्मकै सडक बनिसक्ने छ ।’

तर, हिराचनले टालेको सडकको अवस्था हेरेर इज्जत ढाक्न नसकिने अवस्था हुँदा पनि सरकारले आफ्नो लाज छोप्ने प्रयत्न भने गर्न छाडेको छैन ।

मन्त्रीले यसपटक पनि भनेका छन्, ‘अब आउने महिना दिन भित्र सडकमा खाल्टाखुल्टी भने रहने छैनन् ।’

तर, निर्माण व्यवसायीका यी नेताले काम ढिला हुनुमा ढल, बिजुलीको पोल र सर्वाेच्च अदालतको मुद्दालाई देखाएर पन्छिने गर्दै अएका छन् ।

यस क्षेत्रका जनताको भनाइ छ, ‘साइट क्लियर गरेर मात्रै ठेक्का दिने चलन बसाल्ने हो भने मन्त्रीले कष्ट गरेर हिले र धुले सडक हेर्न आउनु पर्थेन । उनी इतिहासमा पनि लेखिने थिए ’

अब आउने महाधिवेशनबाट फेरि पनि अध्यक्ष उठ्ने योजनामा रहेका हिराचनलाई निर्माण व्यवसायीले चाहिँ नेता चुन्लान् या नचुन्लान् भविष्यले देखाउला तर, यदि उनी बौद्ध जोरपाटी क्षेत्रमा सांसदको उम्मेदवारी दिन आइपुगे भने जनताले कसरी मोल तिर्लान्, अनुमान गर्दा नै काफी छ ।

मोदी आउने बेला जे भनेका थिए मन्त्रीले अहिले त्यही, होला त काम ?

अनुगमनमा आएका मन्त्री महाशेठले कालोपत्र हुन भने समय लाग्ने बताए । अनुगमन क्रममा सडकमा पुरिने ढल भित्र समेत पस्ने, हेर्ने र यसरी काम गर भनी निर्देशन समेत दिएका मन्त्री महासेठले आगामी भदौ १२ गतेभित्र सो सडक खण्डको खाल्डाखुल्डी पुरिसक्ने ठोकुवा गरेका छन् ।

नयाँ प्रथाको थालनी गर्ने कि मन्त्रीज्यू !

कात्तिक अघि कालोपत्रे नभएपनि सहज यात्रा गर्न सक्ने गरी मर्मत गर्ने निर्देशन दिन सडक अनुगमनमा उत्रिएका महाशेठले ठेक्का दिनुअघि साइट क्लेयर गरेर मात्रै ठेक्का दिने चलन बसालिदिए आउने दिनमा निर्माण व्यवसायीका नेताहरुले काम ठगे भनेर गाली गर्ने दिन जाने थिए कि !

यस क्षेत्रका जनताको भनाइ छ, ‘साइट क्लियर गरेर मात्रै ठेक्का दिने चलन बसाल्ने हो भने मन्त्रीले कष्ट गरेर हिले र धुले सडक हेर्न आउनु पर्थेन । उनी इतिहासमा पनि लेखिने थिए ।’

स्मरणरहोस्, मन्त्री र विदेशी नेता आउँदा मात्र यहाँका खाल्डा रातारात पुरिने गर्छन् ।

यस पटक पनि बिहीबार मन्त्रीसहितको टोली अनुगमनमा आउने थाहा पाएपछि चाबहिल–जोरपाटी सडक खण्डको खाल्डाखुल्डी रातारात पुरिएको स्थानीयबासीको भनाइ छ ।

 

 

 

...

बिहीबार, २४ साउन, ०७५

 

प्रतिक्रिया

Related