बंगलादेश नेपालबीच ‘इनर्जी को–अपरेसन’ सम्झौतामा हस्ताक्षर

जलस्रोतमा भारत र चीन पछि बंगलादेशको विधिवत प्रवेश
निर्माण सञ्चार, काठमाडौं । भारत र चीन पछि नेपाली हाइड्रो इनर्जीमा बंगलादेशको वैधानिक प्रवेश भएको छ ।

पहिलो पल्ट नेपाल र बंगलादेशबीच शुक्रबार विद्युत् व्यापार, आदानप्रदान सम्बन्धी ‘इनर्जी को –अपरेसन’मा भएको मन्त्रीस्तरीय सम्झौता (एमओयु) पछि दुई देशबीचको सहयात्रा अघि बढेको हो ।

उक्त सम्झौतामा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत् उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत् विकासमा सहकार्य हुने जस्ता विभिन्न विषय उल्लेख गरिएका छन् ।

दुई देशीय सम्झौता पत्र अनुसार ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सह(सचिवस्तरीय संयन्त्र बनाउने पनि सहमति पनि भएको छ ।

सुनकोशीमा लागनीको हात बढाउने

मन्त्रालय स्रोतले जनाए अनुसार बंगलादेशले सुनकोशी-२ र सुनकोशी-३ मा लगानी गर्न बंगलादेश इच्छुक छ ।

यी दुई आयोजनाबाट १५ सय मेगावाटमाथि बिजुली उत्पादन हुन्छ । तर, कुन कुन परियोजनामा काम गर्ने भन्नेबारे अहिले नै टुंगा नलागेको मन्त्रालय स्रोतले बताएको छ ।

सम्झौता अनुसार दुईदेशबीच समझदारी बन्ने संयन्त्रमा नै बंगलादेशलाई कुन-कुन आयोजना दिने भन्नेबारे छलफल हुनेछ ।

बाटो खुल्यो

दुईपक्षीय वार्ता अनुसार भारतीय कम्पनी जिएमआरले निर्माण गर्ने माथिल्लो कर्णालीको बिजुली बंगलादेशले लैजान चाहेको बुझिएको छ ।

यो सहमतिसँगै अब बंगलादेशलाई जिएमआरसँग बिजुली खरिद सम्झौताको बाटो पनि खुलेको छ ।

 

 

 

...

शुक्रबार, २५ साउन, ०७५

 

प्रतिक्रिया

Related