भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्यष्टि चार बजे

सात दिन राष्ट्रिय शोक मनाउने घोषणा
निर्माण सञ्चार, काठमाडौँ | भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज (शुक्रबार) अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ ।

बिहीबार साझ निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो ।

श्रद्धाञ्जलिका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।

९३ वर्षका उमेरमा मृत्य भएका वाजपेयीको वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार शवयात्रा दिउँसो १ बजे शुरु हुने भएको छ ।

भारत सरकारले वाजपेयीको निधनमा सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

यससगैँ दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी समेत दिइएको छ ।

...

बिहीबार १० साउन, २०७५ 

प्रतिक्रिया

Related