एनएमबि बैंकको २२ औं साधारण सभा सम्पन्न

शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत वोनश शेयर !
निर्माण सञ्चार, काठमाडौँ | एनएमबि बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिबार नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

बिहीबार (साउन ३१) सपन्न गरिएको साधारण सभाबाट बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत वोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने भनिएको प्रतिवेदन पारित गरिएको छ ।

बैंकको उक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्नेछ ।

हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

...

शुक्रबार, १ भदौ २०७५ 

प्रतिक्रिया

Related