राजधानीकै पहिलो अन्डरपास सञ्चालनमा, कलंकीको जाम होला त कम ?

निर्माण सञ्चार, काठमाडौं । राजधानीकै पहिलो कलंकी अन्डरपास सञ्चालनमा आएको छ । चीन सरकारको सहयोगमा सन् २०१६ मा सुरु गरेको कलंकी अन्डरपास २ वर्षमा निर्माण सम्पन्न भएको हो ।

यस अघि साउन १ गतेदेखि सञ्चालन गर्ने भन्ने थियो तर, प्राविधिक तयारीका लागि समय थप गर्दै भदौ १ बाट सञ्चालनमा ल्याइएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जनाकारी दिए ।

अन्डरपासको लम्बाई ८ सय मिटर रहेको छ ।

भण्डारीका अनुसार शुक्रबार मध्यान्हदेखि अन्डरपास सञ्चालनमा आएको हो । तर, ४ लेनको अन्डरपास निर्माण भएपनि यतिबेला तत्कालका लागि २ लाइन मात्रै सञ्चालन गरिएको भण्डारीको भनाइ छ ।

निर्माण सञ्चारसँग उनले भने, ‘भदौ १ गतेबाटै चारै लाइनको अन्डरपास सञ्चालन गर्ने योजना थियो, तर फिनिसिङको अन्तिम काम अझै केही कतै बाँकी छ । त्यसैले २ लेन भने खुल्न सकेन ।’

उनका अनुसार बाँकी २ लेन पनि केही महिनामै सञ्चालनमा ल्याइने छ । निर्माण कम्पनीको सामानहरु हटाउन बाँकी रहेको हुनाले २ लेन खुल्न समय लाग्ने भएको उनको स्पाष्टोक्ति छ ।

निर्माण कार्य सुरु गरेको ६ महिना भित्र पूरा गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले अन्डरपास निर्माण धकेलिएको थियो । पटक पटक म्याद थपेर निर्माण सम्पन्न भएको छ ।

चक्रपथ सुधार परियोजना अन्तर्गतको बनेको यो अन्डरपास नेपालकै पहिलो रहेको छ । योसँगै कलंकी कोटेश्वर सडक पनि अब चाँडै सञ्चालनमा आउने भएको छ ।

अन्डरपासको सञ्चालनले कलंकीमा हुने गरेको भन्टौं लामो जाम हट्ने अपेक्षा राखिएको छ ।

अन्डरपासको सञ्चालनसँगै चक्रपथको स्तरोन्नति पनि भइसकेको अवस्थामा तलको तस्वीरमा देखाइए जस्तै कलंकी चोक हुने बताइएको थियो । 

 

 

...

शुक्रबार, १ भदौ, ०७५

 

प्रतिक्रिया

Related