रहेनन् कोफी अन्नान-- विश्वशान्तिका लागि पहिलो अश्वेत युएन नेताको अवसान

निर्माण सञ्चार, विश्व । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु भएको छ । अन्नानको ८० वर्षको उमेरमा स्विटजरल्यान्डमा शनिबार मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत नेता थिए अन्नान । संयुक्त राष्ट्र संघका महासचिवका रुपमा उनले १९९७ देखि २००६ सम्म २ कार्यकाल काम गरेका थिए ।

दक्षिणी अफ्रिकाको घानामा उनको जन्म भएको थियो ।

विश्वमै शान्ति स्थापनार्थ अतुलनीय योगदान दिएको भन्दै अन्नानलाई सन् २००१ नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

जुन संयुक्त राष्ट्र संघ र कोफी अन्नानलार्इ संयुक्त रुपमा प्रदान गरिएको थियो । केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा निधन भएको जनाइएको छ ।

 

 

 

...

शनिबार, २ भदौ, ०७५

 

प्रतिक्रिया

Related