नेपालकै पहिलो ८ लेनको सडकको निर्माण कार्य सकिदै, कोटेश्वर–कलङ्की सडक बन्ने भो नमूना

निर्माण सञ्चार, काठमाडौं । चिनियाँ सरकारको सहयोगमा विस्तार तथा स्तरोन्नति हुँदै गरेको नेपालकै पहिलो ८ लेन सडक कोटेश्वर–कलङ्की निर्माण अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार यो सडक निर्माणको काम यतिबेला ९७ प्रतिशत सकिएको छ ।

उक्त चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्माले बताए अनुसार १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा सम्पन्न हुने भएको हो ।

चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले काम गरिरहेको यो सडक तोकिएकै मितिमा सम्पन्न हुने भएको छ । सम्झौता अनुसार यो सडक निर्माण सम्पन्न हुने मिति आउने डिसेम्बर महिनामा हो ।

नेपालकै पहिलो ८ लेन र पहिलो भूमिगत सडक

यस सडक अन्तर्गत नेपालकै पहिलो अन्डर पास अर्थात् भूमिगत सडक पनि सम्पन्न हुने भएको छ । कलङ्कीदेखि कोटेश्वर सम्मको काम आउने डिसेम्बरमा सम्पन्न हुने आयोजनाको दाबी छ ।

इञ्जिनियर अर्याल भन्छन, ‘अहिले अन्तिम चरणको काम हुँदै छ, अब यसले अन्तिम रुप लिदै छ ।’

उनले केही स्थानमा निर्माणकै काम पनि बाँकी रहेको बताए । उनले काम सकिए लगत्तै चिनियाँ कम्पनीले यो सडक सरकारलाई हस्तान्तरण गर्नेछ ।

बाँकी के कति ?

आयोजनाले दिएको जानकारी अनुसार सडक निर्माण कार्य बल्खुमा १ दशमलव ४ किसम सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

कोटेश्वरदेखि बल्खुसम्म एक तह कालोपत्र गर्न बाँकी छ भने सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङ काम पनि बाँकी नै छ ।

यतिबेला यो सडकको परीक्षण भइरहेको पनि उनले जनाए दिए । उनका अनुसार चिनियाँ निर्माण कम्पनीले आफूले बनाएको सडकले वर्षाको पानी के कति थेग्न सक्छ भनी परीक्षण पनि गरिरहेको छ ।

अन्डर पास संचालनमा आउदै 

पहिलो पटक नेपालको राजधानीले प्रयोग गर्न लागेको अन्डर पास सिस्टम यतिबेला निर्माण सम्पन्न हुने चरणमा छ । कलङ्की सवारी चाप हटाउने उपायका रुपमा यसलाई निर्माण गरिएको हो ।

कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अन्डर पास निर्माण भएको छ । ८ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अन्डर पास रहेको छ ।

यो अन्डर पास अब सञ्चालनको तयारी अवस्थामा रहेको अयोजनाले बताएको हो ।

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको उक्त सडक निर्माण क्रममा भूकम्प र नाकाबन्दीका कारण केही समय अस्तव्यस्त भएको थियो ।

उक्त कारणले ढिलाइ भएपछि यसका लागि १ वर्ष समय थपिएको थियो ।

दक्ष चिनियाँ, अदक्ष नेपाली कामदार

प्रविधि हस्तान्तरण र नयाँ प्रविधिसँगको सिकाका लागि अन्तर्राष्ट्रिय कम्पनीहरुसँग नेपालीले पनि सहभागी भई काम गर्न पाउनु पर्ने मान्यता छ ।

तैपनि, यस सडक निर्माणमा दक्षका रुपमा गणना गरिने प्राविधिक जनशक्ति सबै नै चिनियाँ छन् । मात्र अदक्ष कामदारका रुपमा नेपाली र चिनियाँ दुवै लागेका छन् ।

यहाँ ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् ।

यस सडक अन्तर्गत चिनियाँ सरकारले ३ आकासे पुल बनाइसकेको छ भने नेपाल सरकारले ७ ठाउँमा आकाुे पुल बनाउन थालेको छ । यस अन्तर्गत बनेको सडकको लागत एक अर्ब रुपियाँ रहेको आयोजनाले बतायो ।

 

 

...

आइतबार, २६ साउन, ०७५

 

प्रतिक्रिया

Related