ओली सरकारको ५ महिने उपलब्धिः सिन्डिकेट अन्त्यदेखि सुनकाण्ड नियन्त्रणसम्म’

के कस्ता छन् ५ महिने उपलब्धि ? पूर्ण विवरण सहित
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।

सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।

सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

के के हुन् त प्रगति ? पूर्ण  विवरणका लागि यहाँ क्लिक गर्नुहोस्

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ ।

नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ । सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ ।

भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ ।

 

एजेन्सीको सहयोगमा

 

 

 

 

...

सोमबार, २८ साउन, ०७५

 

प्रतिक्रिया

Related