हुलाकी राजमार्गलाई भारतले दियो २९ करोड

१४ वटा निर्माणाधीन सडकका लागि आवश्यक कोषको तरलता कायम
निर्माण सञ्चार, काठमाडौँ | हुलाकी राजमार्ग आयोजना निर्माणका लागि दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई  ३० करोड रुपियाँ बराबर सहयोग गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई भारतीय राजदूत मञ्जिव सिंह पुरीले २९ करोड ३७ लाख ५ हजार रुपियाँको चेक हस्तान्तरण गरेका थिए ।

भारतीय राजदूतावासका अनुसार सो रकम हुलाकी राजमार्ग आयोजनाअन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि आवश्यक कोषको तरलता कायम गर्न प्रदान गरिएको हो ।

यसअघि २ अर्ब ३५ करोड प्रदान

भारत सरकारले यसअघि नेपाल सरकारलाई हुलाकी राजमार्ग आयोजनाका १४ वटा सडकअन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माण कार्यका लागि ८ अर्ब रुपियाँ अनुदान प्रदान गर्ने प्रतिबद्धता अनुरूप २ अर्ब ३५ करोड प्रदान गरिसकेको बताएको छ ।  

प्याकेज १ अन्तर्गतका दुई सडकहरू (क) धनगढी–भजनीया–सत्ती सडक र (ख) लम्की–टिकापुर–खक्रौला सडकको निर्माण गर्न भारत सरकारको १ अर्ब २ करोड अनुदानमार्फत सम्पन्न भइसकेको छ । गत वर्ष २०७४ को भदौ ३ गते ती सडकको उद्घाटन गरिएको थियो ।

...

बुधबार, ३० साउन, २०७५

प्रतिक्रिया

Related