नागढुंगा सुरुङमार्ग निर्माणका लागि सरकारले दियो १६ अर्बको ठेक्का

कस्तो बन्नेछ सुरुङमार्ग ?
निर्माण सञ्चार, काठमाडौँ | सरकारले नागढुंगा सुरुङमार्ग बनाउन करिब १६ अर्ब रुपियाँ सम्मको ठेक्काका लागि प्रस्ताव माग गरेको छ ।

काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रने सवारीसाधानको सहजताका लागि बनाइन लागिएको सो सुरुङमार्ग निर्माणका लागि सडक विभाग अन्तर्गतको विकास सहायत कार्यान्वयन महाशाखाले ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय प्रस्ताव माग गरेको हो ।

विभागका इन्जिनियर छविलाल पौडेलेका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा उपलब्ध हुने उक्त रकमबाट नागढुंगामा २.६८ किलोमिटरको सुरुङमार्ग बनाउन प्रस्ताव माग गरिएको छ ।

खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गरिने ठेकेदारका लागि राष्ट्रिय र अन्तराष्ट्रिय दुवै कम्पनीले भाग लिन पाउने पौडेलले जानकारी दिए । सो ठेक्काको लागि महाशाखाले असोज २३ गतेसम्मको समय दिएको छ ।

कस्तो बनाउनुपर्नेछ सुरुङमार्ग ?

उक्त प्रस्तावमा निर्माण कम्पनी एउटैले सुरुङमार्गतर्फ जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसारको सुरुङमार्ग बनाउनुपर्नेछ ।

जाइकाको सहयोग

यस अघि नेपाल सरकारसँग भएको सहमतिअनुसार जाइकाले त्यस सुरुङमार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपियाँ) आगामी ४० वर्षका निम्ति ०.१ प्रतिशत सहुलियन ब्याज दरमा ऋण सहयोग गरेको थियो ।

नेपाल सरकारले सोही ऋण रकमलाई यो सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । सुरुङमार्ग बनाउन ६० दिने सार्वजनिक प्रस्ताव माग गरिएको छ ।

ठेकेदार छनोट गर्ने प्रक्रिया कहिलेसम्म ?

सो प्रस्तावको मूल्यांकन गर्ने, आवश्यक स्वीकृतिका निम्ति ऋणदाता जाइका पठाउने र ठेकेदार छनोट गर्ने प्रक्रिया सन् २०१९ को जनावरी (६ महिनासम्म)लाई तोकिएको छ ।

त्यसपछि भने ४२ महिनाको समय दिएर उपयुक्त ठहरिएको एक ठेकेदारलाई यो सुरुङमार्ग निर्माण गर्न दिइने विभागले जानकारी दियो ।

कति मिटर सडक पक्कि ?

आयोजनाले तोकेको सर्तअनुसार उक्त सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेतछापसम्मको २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्कि सडक बनाउनुपर्ने बताइएको छ । सो सुरुङमार्गको कुल लम्बाई २.६८ किमि हुनेछ ।

जसमा ३.५ मिटरको दुई लेन सडक र १.५ मिटरको आकस्मिक सवारीसाधनको बाटोसहित ९.५ मिटरको चौंडाई हुनुपर्नेछ ।

कम्तीमा ५ मिटर लम्बाईको यो सुरुङमार्ग प्रवेश गर्न बनाइने बाटोमा खोला तथा खोल्सामा सातवटा पुल तथा ११ वटा कल्र्भटसमेत बनाउनुपर्नेछ ।

हालसम्म चारव निर्माण कम्पनीले बिडिङ डकुमेन्ट खरिद

विभागबाट प्रस्ताव मागेको तेस्रो दिनसम्मा चारवटा निर्माण कम्पनीले बिडिङ डकुमेन्ट खरिद गरिसकेका छन् । सुरुङमार्ग बनाउन निर्माण कम्पनी आफैंले आवश्यक प्राविधिक सामग्री सबै जुटाएर काम गर्नुपर्नेछ ।

सुरुङमार्गले हालको सडकबाट जानुभन्दा सुरुङबाट जाँदा ४ किमि बाटो छोट्टिनेछ ।

उक्त सुरुङमार्ग बनाउने आवश्यक जग्गाका लागि सरकारले मुआब्जासहतिको काममा करिब तीन अब रुपियाँ खर्च गर्दै छ ।

पढौँ यो पनि
नौबिसे–नागढुङ्गा सुरुङमार्गः भदौ पहिलो हप्ताभित्रै ग्लोबल टेन्डर !

...

बुधबार, ३० साउन २०७५ 

प्रतिक्रिया

Related