लेखे केही होला !

लेखौँ लेखिरहुँ लेखे हुन्छ भलो लेखेर केही होला

नलेखि वसेता अवुझ भै व्यर्थै जानेभो चोला

लेखेरै हुने हो दखेर के होला सत्यासत्य पारख

लेखैबाट बुझिलेउ मनुष्य भएर त्यसैमा छ सारत

लेख्छ सत्य जो देखे भरकै बन्नेछ उ सत्जन

लेख्छ मिथ्या विषय जो दास मतिले हुनेछ त्यो दुर्जन

लेख्ने कला लेखेरै बुझिएला नलेखे के थाहा होला

लेखेन जसले लेख्नै पर्नेे थियो जो उसै वेथाहा होला

लेख न लेख हे लेखक जन हो लेखि बुझाईदिउ

लेख्दा पो लेखले देखाउँछ बाटो लेखी सुझाइदिउ

यमप्रसाद पोखरेल

...

बिहीबार, ३१ साउन २०७५

प्रतिक्रिया

Related