बिमस्टेक शिखर सम्मेलन अघि राष्ट्रपति भण्डारीद्वारा दिवाभोज

शीतल निवासमा बिमस्टेकका अतिविशिष्ट पाहुना
निर्माण सञ्चार, काठमाडौँ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू हाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन पुगेका उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।

आजै (बिहीबार)बाट सुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले विशिष्ट पाहुनाहरूको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन् । बिमस्टेक नेपालसहित सात राष्ट्र सदस्य छन् ।

शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आइपुगेका छन् ।

जसअन्तर्गत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासहित उनीहरूको देशका विदेशमन्त्रीहरू र उच्च अधिकारीहरु छन् ।

बिहीबार दिउसो साढे ३ बजे बिमस्टेक शिखर सम्मेलन उद्धाघटन हुने भएको छ ।

शिखर सम्मेलन उद्धाघटन अध्यक्ष राष्ट्रको हैसियतमा शिखर सम्मेलन आयोजक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्नेछन् ।

...

बिहीबार, १४ भदौ २०७५ 

प्रतिक्रिया

Related