पुनर्निर्माणमा ‘सुशील–भिजन’- अघि बढ्यो भूकम्प प्रभावित जिल्लामा एकीकृत बस्ती विकास परियोजना

पहिलो वैठकबाट ज्ञवालीले दिए ‘कन्स्ट्रक्टिभ एक्सन’ को सन्देश
निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी काँधमा परेलगत्तै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफ्नो बाँकी रहेको ‘एक्सनरी मुभ’लाई अगाडि बढाएका छन् ।

आफूले छाडेपछि पुनर्निर्माण र नवनिर्माणको आफ्नो ‘भिजन’ कसैले अघि बढाउन नसकेकोमा चिन्तित रहेको बताउँदै आएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवालीले भूकम्प अतिप्रभावित जिल्लाबाट एकीकृत बस्ती विकास योजना अघि बढाउने निर्णय गरेर ‘कन्स्ट्रक्टिभ एक्सन’ को सन्देश दिएका हुन् ।

भूकम्पलाई अवसरमा बदल्न दिगो र दीर्घकालीन बस्ती विकासका लागि एकीकृत बस्ती विकासको खाका नै तयार पारेका सिएओ ज्ञवालीले आफ्नो पहिलो वैठकबाट ५ जिल्लामा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना अघि बढाउने निर्णय लिएका छन् ।

एकीकृत बस्ती निर्माणमा योगदान गरेर इनाम कमाएका धुर्मुस सुन्तलीको जोडीले पनि एकीकृत बस्ती विकासको काम सरकारले नगर्नाले आफूहरुले यस्तो अभियान सञ्चालन गर्नु परेको बताउँदै आएकै बेला प्राधिकरणले यस्तो निर्णय लिएको छ

उक्त योजना प्रारम्भिक चरणमा सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी ५ जिल्लाबाट अघि बढाइने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको हो ।

एकीकृत बस्ती निर्माणमा योगदान गरेर नमूना काम र इनाम कमाएका धुर्मुस सुन्तलीको जोडीले पनि एकीकृत बस्ती विकासको काम सरकारले नगर्नाले आफूहरुले यस्तो अभियान सञ्चालन गर्नु परेको बताउँदै आएकै बेला प्राधिकरणले यस्तो निर्णय लिएको छ ।

सिन्धुपाल्चोकमा बन्ने भो एकीकृत नमूना बस्ती

पुनर्निर्माण प्राधिकरणको सिइओ नियुक्त भएपछि बसेको प्राधिकरणको कार्यकारी समितिको पहिलो वैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्बुलिङ एकीकृत बस्ती विकास योजना अघि बढाउन स्वीकृत गरेको हो ।

उक्त बस्तीमा ४० घरधुरी रहनेछन् ।

बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई पनि स्वीकृत गरेको छ ।

सो बस्तीमा ७० घरधुरी रहनेछन् ।

सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा १० घरधुरी रहनेछन् ।

रामेछापमा पनि यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ ।

सो बस्तीमा २४ घरधुरी रहनेछन् ।

काभ्रेमा पनि बन्ने भो एकीकृत बस्ती

यसरी बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

सिएलपिआइयुमा दरबन्दी थपियो

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाइहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ, जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि ७०४ छन् ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले जनाएको छ ।

 

 

 

...

बुधबार, ०६ भदौ, ०७५

 

प्रतिक्रिया

Related