सन्ध्याको तीज, प्रेमीको संगीत, मल्लको निर्देशन

‘नजरै जुधायो ...’ को सुमधुर भाका
निर्माण सञ्चार, काठमाडौं । तीज नजिकिदै गर्दा गीतको भीड पनि बढिरहेको छ, जस्तो कि पशुपतिनाथमा श्रद्धालुको भीड लाग्ने गर्छ ।

यही मौकामा गायिका सन्ध्या अधिकारीले पनि ल्याइन् तीजको नयाँ भाका । हरितालिका तीजलाई उनले नयाँ बनाउने अठोट गरेकी छन् यस्तो गीतबाट–

‘लौन बरै ख्याल ख्यालमै गैजाला उमेर

झ्याप्प मायाँ गाँसी हालौं दाइने घुमेर ।

वर्ष र दिनमा तीजको मेला

नाच्दै कम्बर भाँच्दै यही ठाउँमा भेला ।।

युट्युबमा झारेको हप्ता दिन नबित्दै ५ हजार बढीले हेरिसकेको यो गीतलाई नरहरी प्रेमीले संगीत भरेका हन् भने माधव भण्डारीको शब्दमा सन्ध्याले स्वर हालेकी हुन् ।

युवा निर्देशक तथा भिडियो एडिटरको नाम दर्ज गरेका अशोक मल्लले भिडियोको निर्देशन र सम्पादन गरेपछि यसलाई बजारमा ल्याइएको हो ।

दिनेश पराजुलीले छायाँकनमा साथ दिएका हुन् । एसियन म्युजिकले आफ्नो च्यानलबाट गीतको भिडियो रिलिज भएको हो ।

भिडियोमा प्रतिभा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ भने भिडियोमा प्रतिभासँगै सिर्जना र विभिन्न कलाकारहरुले आकर्षक नृत्य दिएका छन् ।

महिलाहरुको तीजमा पुरुषको समेत सहभागिता यस गीतको अर्काे आकर्षक पक्ष हो ।

 

 

 

...

आइतबार, १० भदौ, ०७५

 

प्रतिक्रिया

Related