हुँदैछ जुम्लामा लगानी सम्मेलनः लगानीकर्तालाई मौकै मौका दिइने

करमा भारी छुट
निर्माण सञ्चार, जुम्ला । ‘विकास सामर्थ्यको उजागर’ भन्ने नाराका साथ आउने भदौ २९ गते जुम्लामा लागनी सम्मेलन हुने भएको छ ।

चन्दननाथ नगरपालिकाले गर्ने उक्त लागनी सम्मेलनबारे नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिएका हुन् ।

नगरप्रमुख सेजुवालका अनुसार समृद्धि र विकासमा जुम्लालार्य अघि बढाउने उद्देश्यले लगानी सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधिहरु समेत सहभागी हुने छन् ।

जुम्लाको औद्योगिक विकास गर्न यसखाले लगानी सम्मेलन पहिलो पटक तयारी गरिएको हो ।

आयोजकले बताए अनुसार लागनी जुटाउन र उद्योग व्यापार अघि बढाउन यो सम्मेलनले बाटो खोल्ने छ । सम्मेलनले यहाँको स्थानीय स्रोत, साधन र परिचालन बारे एकीकृत नीति समेत अघि सार्ने छ ।

चन्दननाथ नपा आफैंमा पनि पर्यटकीय गन्तव्य हो ।

यो से–फोक्सुण्डो र रारा ताललाई आफ्नो हातमा राखेर बसेको छ । लगानी सम्मेलनबारे जानकारी दिन नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरेको थियो ।

नगरपालिकामा हाल बीस हजार जनसंख्या छ । नगरपालिकामा हुने उक्त सम्मेलनमा सहभागीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु पनि घुमाइने छ ।

शे–फोक्सुण्डो ताल, रारा ताल, सिन्जा सभ्यता जस्ता स्थलहरु भिजिट गर्न एक दिन लाग्ने आयोजक बताउँछ ।

नगरप्रमुख सेजुवालका अनुसार जुम्लामा लगानी गर्ने उद्यमीलाई सम्मेलनबाट करमा भारी छुट दिने विशेष अफर पनि ल्याइने छ ।

 

 

...

आइतबार, १० भदौ, ०७५

 

प्रतिक्रिया

Related