एसिया कप छनोटः नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

निर्माण सञ्चार, काठमाडौँ | एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियामा जारी सो खेलमा बायुमास ओभर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ ।

नेपालको तर्फबाट सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन् ।

सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्का प्रहार गरे।

ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए।

त्यसैगरी, कप्तान पारस खड्काले ८, सुबास खकुरेलले ४, दिपेन्द्र सिंह ऐरीले ९, सोमपाल कामीले ५ रन बनाउदा र रोहितकुमार पौडेल शुन्य, रनमा आउट भए ।

सुरुवातमै लगातार ४ विकेट गुमाएको नेपालका लागि सागर पुन र आरिफ शेखको जोडिले इनिङ उकासेको थियो। यता ओमानका लागि बिलाल खान, मोहमेद नदिम र अजय लालचेटाले समान २–२ विकेट लिएका थिए ।

अबको केही समयपछि ओमानले जवाफी ब्याटिङ गर्नेछ ।

...

बुधबार, १३ भदौ २०७५ 

प्रतिक्रिया

Related