एसिया कप छनोटमा नेपालको ओमानसँग हार

निर्माण सञ्चार, काठमाडौं । बुधबार भएको एसिया कप क्रिकेटको छनोटको पहिलो खेलमै नेपालले ओमानसँग पराजित भएको छ ।

ओमानले नेपाललाई ७ विकेटले हराएको हो ।

यस अघि नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा भेटाएको थियो, मात्र ३ विकेट गुमाएर । यस खेलमा ओमनलाई खबार अलीले जित दिलाएका थिए ।

तेस्रो विकेटका लागि वैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरेका अलीले व्यक्तिगत भने ४१ रन बनाएका छन् ।

बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक विकेट लिन सफल भए ।

सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट लिन नसके पछि नेपाल पराजित नजिक पुगिसकेको थियो ।

यस खेलमा सागरको प्रदर्शन उत्कृष्ट रहन गयो ।

कप्तान पारस खड्काले पनि चाहेजस्तो खेल्न नसकेको अवस्थामा ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गर्न मात्र उनी सफल भएका थिए ।

जबकि पारस ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र आउट हुनु परेको थियो । खेल अवधिमा दिपेन्द्र सिंह ऐरी पनि ९ रनमै आउट भए ।

जबकि त्यतिबेला टिमको स्कोर ८०-४ मात्र पुगेको थियो ।

तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी प्रस्तुत गर्दा नेपाली खेल प्रेमीको खुसीको सीमा नरहनु अस्वाभाविक थिएन ।

यी दुबै खेलाडीले ५ औं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

 

 

...

बुधबार, १३ भदौ, ०७५

 

प्रतिक्रिया

Related