‘दुध र भात’ खाएजस्तै कर्मचारी र ठूला ठेकेदारबीच सेटिङ हुँदो रहेछ ! यसलाई अब तोडिन्छ– प्रचण्ड

स्मरण रहोस्, अघिल्लो ९ महिने सरकारको नेतृत्व गरेको प्रधानमन्त्री ओलीकै पालामा ४३ ओटा पुल र गल्छी, त्रिशूली मैलुङदेखि धरान चतारा गाईघाटसम्मको अमिल्दो प्याकेज भएको थियो
निर्माण सञ्चार, चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी ठेक्कापट्टामा ठूला ठेकदार र कर्मचारीका तर्फबाट सचिवहरुका तहमा सेटिङ हुने गरेको तीतो यर्थाथको खुलासा गरेका छन् ।

राजनीतिक नेतृत्वको उपल्लो तहबाट सार्वजनिक मञ्चमा बोल्दै सरकारी ठेक्काभित्र हुने गरेको मिलेमतो विरुद्ध यसरी बोलिएको यो पहिलो पटक हो ।

बुधबार चितवनको भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ चितवनको २५ औं वाषिर्क साधारणसभामा अध्यक्ष प्रचण्डले आफूले ठूलो ठेक्कालाई पार्ट पार्ट गरेर दिनुस् भन्दा सचिवहरुले नटेरेको रामाकहानी सुनाउँदा निर्माण व्यवसायीहरु हाँसेका थिए ।

उनले भने, ‘सरकार र सचिवहरुलाई भनियो, ठेक्काहरु एउटै प्याकेजमा नभई पार्ट पार्ट गरेर दिनुस् । काम पनि हुन्छ, कम्पिटिसन हुन्छ, तर अहँ सचिवहरु त सुन्दैनन् ! उनले आश्चर्य व्यक्त गर्दै भने, ‘तर, म सफल भइनँ ।’

कार्यक्रमको प्रमुख अतिथि रहेको प्रचण्डले सिन्डिकेट तोड्ने घोषणा गरेका छन् ।

सार्वजनिक कार्यभित्र हुने यस्तो मिलेमतो तोड्नेबारे प्रधानमन्त्री ओलीसँग आफ्नो गम्भीर कुराकानी भएको पनि उनले खुलासा गरेका छन् ।

तर, स्मरण रहोस्, अघिल्लो ९ महिने सरकारको नेतृत्व गरेको प्रधानमन्त्री ओलीकै पालामा ४३ ओटा पुल र गल्छी, त्रिशूली मैलुङदेखि धरान चतारा गाईघाटसम्मको अमिल्दो प्याकेज भएको थियो । जुन सबैभन्दा बढी निन्दा र चर्चाको विषय बन्ने गरेको छ ।

यही सेटिङको प्रपञ्च मिलाउन नसकेर निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन गुण्डाहरुद्वारा गोली खाएर मर्नु परेको प्रहरीको उपल्लो वृत्तमा चर्चा हुने गरेको छ ।

सो कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मानेनन् सचिवहरुले । सेटिङ हुँदोरहेछ । ठेकदारसँग सेट मिलाएको हुँदोरहेछ । हुन्छ हजुर, हुन्छ हजुर भन्ने तर, गर्ने बेलामा पुरानो नै गरेछन् ।’

तर, स्मरण रहोस्, अघिल्लो ९ महिने सरकारको नेतृत्व गरेको प्रधानमन्त्री ओलीकै पालामा ४३ ओटा पुल र गल्छी, त्रिशूली मैलुङदेखि धरान चतारा गाईघाटसम्मको अमिल्दो प्याकेज भएको थियो । जुन सबैभन्दा बढी निन्दा र चर्चाको विषय बन्ने गरेको छ ।

यही सेटिङको प्रपञ्च मिलाउन नसकेर निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन गुण्डाहरुद्वारा गोली खाएर मर्नु परेको प्रहरीको उपल्लो वृत्तमा चर्चा हुने गरेको छ 

प्याकेज त दुधभात खाएजस्तो !

निर्माण व्यवसायीहरु बीचमा बोल्दै अध्यक्ष प्रचण्डले थपे, ‘प्याकेजमा भनेको सेटिङ रहेछ । कर्मचारीलाई पनि दुतभात खाए जस्तो यताबाट आउँछ, उताबाट आउँछ । ठेकदारले पनि धेरै पाएपछि धेरै नै दिने भइहाले ।’

यतिबेला सरकरा सिन्डिकेट ताड्ने नेतृत्व गरिरहेको र जमाना पनि सिन्डिकेट तोड्ने नै आएको बताउँदै दाहालले भने, ‘अब यो तोडिन्छ, तोड्नैपर्छ ।’

सोही कार्यक्रममा उनले व्यवसायीहरुको नाफा कमाउने अधिकार सरकारले सुरक्षित राख्ने तर मानोमानी भने हुन नदिने बताए ।

उनले उद्योगी व्यवसायीहरुले लगानी गरेपछि नाफा कमाउने स्वतन्त्रताको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा पनि जोड दिए ।

निजी क्षेत्रलाई खुसी नपारेसम्म विकास र समृद्धिको सपना पूरा गर्न नसकिने बताएका अध्यक्ष प्रचण्डले भने, ‘नाफा सुरक्षित नभए विदेशी लगानी एक पैसा पनि आउँदैन । नेपाली लगानी पनि बाहिरिन्छ ।’

 

 

...

बुधबार, १३ भदौ, ०७५

 

प्रतिक्रिया

Related