नेपाल–चीन पारवहन प्रोटोकलबारे बैठक ! तेस्रो वैठकले लगाउला त टुंगो ?

निर्माण सञ्चार, काठमाडौं । नेपाल र चीनबीच भएको पारबहन यातायात सम्झौता सम्बन्धी ‘प्रोटोकल’को अन्तिम रुप तयार गर्न दुवै देशका उच्च अधिकारीहरुको वैठक काठमाडौंमा बसेको छ ।

तेस्रो वैठकका रुपमा बसेको बुधबारको वैठकले पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिने ठानिएको छ ।

यस अघि द्विपक्षीय वार्ताहरु दुईपटक बसिसकेको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा दुई देशबीचको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल टुंगो लगाउनेबारे असोज १५ गते भित्र टुंग्याइसक्ने सहमति गरेका थिए ।

उक्त सहमतिलाई अन्तिम रुप दिन भन्दै दुवै देशका अधिकारीहरु छलफलमा सहभागी भएका हुन् । प्रधानमन्त्रीका रुपमा ओलीले आफ्नो अघिल्लो भ्रमण क्रममा पारवहन सम्झौता सम्पन्न गरेका थिए ।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् भने चीनका तर्फबाट यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गरेका छन् ।

नेपाली पक्षबाट थप प्रतिनिधिहरुमा उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरु पनि सहभागी छन् ।

वैठक २ दिनसम्म चल्ने अधिकारीहरुले बताएका छन् ।

सन् २०१६ मा प्रधानमन्त्रीका रुपमा ओली चीन भ्रमण गर्दा दुई मुलुकबीच पारबहन यातायात सम्झौता गर्ने सहमति भएको थियो ।

 

 

 

...

बुधबार, २० भदौ, ०७५

 

प्रतिक्रिया

Related