बच्न सफल को हुन् डोल्मा ? जसले फोन गरेपछि थाह भएको थियो हेलिकप्टर ‘दुर्घटना’

को को हुन् मृतक ?
निर्माण सञ्चार, काठमाडौं । होलिकोप्टर दुर्घटनामा सहयात्री सबैले ज्यान गुमाउँदा जीवितै रहेकी ल्हो आनी डोल्मा डिकीको यतिबेला ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

जुन होलिकोप्टर दुर्घटनामा उनी बाँच्न सफल भइन्, सँगै सवार बाँकी ६ जनाको भने मृत्यु भइसकेको छ ।

भाग्यले बाँच्न सफल आनी डोल्मा नै यस्ती पात्र हुन् जसले फोन गरेपछि मात्र होलिकोप्टर दुर्घटनाग्रस्त भएको जानकारी मिलेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए अनुसार दुर्घटनाको अनुमान भएपनि कुन ठाउँमा दुर्घटना भयो, के कारणले भयो भन्नेमा कन्ट्रोल रुमा लामो समय बेखबर नै थियो ।

गोर्खाको चुमनुब्री गाउँपालिका–२ की आनी डोल्मा डिकी घाइते अवस्थामा उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

शनिबार बिहान घरबाट काठमाडौं उड्ने बेला उनलाई यस्तो दुर्घटना होला भन्ने शंका पनि थिएन । तर, भैदियो नै त्यस्तै !

९–एन-एएलएस नम्बरको अल्टिच्युड एयरको हेलिकोप्टर गोरखाबाट काठमाडौं आउँदै गरेको अवस्थामा नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सङचेत मैलुङपाखामा दुर्घटना हुन पुगेको थियो ।

प्रहरी चौकी सामा गाउँ गोरखाले जनाए अनुसार हेलिकोप्टरले गोरखाको सामागाउँबाट यात्रु पाइलट निश्चल केसीसहित ७ जना यात्रु लिएर उडेको थियो ।

त्रिभुवन विमानस्थलले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुन पुगेका पाइलट सहितका ६ को शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

हिजो अबेरसम्म पनि प्रतिकूल मौसमका कारण काठमाडौं ल्याउन नसकिएको उसले बताएको थियो ।

मृतकहरु को को ?

हेलिकोप्टर दुर्घटनामा विदेशी नागरिक पनि परेका छन् । राहदानी नम्बर ७१३६१२०६८ भएका जापानी नागरिक हिरोमी कोमात्सुको पहिचान भइसकेको प्रहरीले जनाएको हो ।

त्यस्तै, मृत्यु हुनेहरुमा रामेछाप निवासी ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेका छन् ।

पाइलट केसीले पनि दुर्घटनामै ज्यान गुमाएको स्रोत बताउँछ ।

 

 

तस्वीर स्रोतः नुवाकोट एक्सप्रेस

 

 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related