कर्णालीमै पहिलो पटक स्याउ महोत्सव: जुम्लाको स्याउ विदेशी कार्टुनमा निर्यात हुँदा नबिक्ने खतरा

गत वर्ष १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याए पनि वास्तविक स्याउ किसानसम्म पुगेको थिएन । यो वर्ष कार्टुन नै आएन
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि कर्णालीमै पहिलो पटक स्याउ महोत्सव गरिएको छ ।

स्याउ महोत्सवका माध्यमबाट जुम्ली स्याउको पहिचानबारे जानकारी गराई स्याउ पर्यटनको आधार तर्जुमा गरिने लक्ष्य लिइएको अधिकारीहरु बताउँछन् ।

स्याउसँग सरोकार राख्ने निकायहरु कृषि विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन, उच्च पर्वतीय कृषि अनुसन्धान परिषद् र चन्दननाथ नगरपालिका लगायतको सहकार्यमा स्याउको परिकार उत्पादन सम्बन्धी प्रचार प्रसार गर्ने उद्देश्यका साथ जुम्लामा स्याउ महोत्सव गरिएको महेन्द्र कार्कीले बताए ।

उनका अनुसार स्याउ महोत्सवमा स्याउका विभिन्न परिकारको स्टल राखिएको थियो । भने, ५ हजार बढीले अवलोकन गरेका थिए ।

यसबारे स्थानीय पत्रिका काञ्जिरोवा मासिकले पनि लेखेको छ ।

स्टलहरुमा स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्क सेक, मालिन चाना लगायतका परिकारहरु देखिन्थे । कृषकहरुले आफ्नो बगैचामा उत्पादन भएको स्याउ महोत्सवमा ल्याएका थिए ।

स्याउको सूचना केन्द्र राखेर स्याउको उत्पादन बजारीकरण सम्बद्र्धनका विषयमा जानकारी समेत दिइरहेको आयोजक संस्थाका कर्कीको भनाइ छ ।

जुम्लाको स्याउ विदेशी कार्टुनमा निर्यात, नबिक्ने खतरा

जुम्ली स्याउ विदेशी कार्टुनमा निर्यात हुन थालेपछि यसको बजार र पहिचान गुम्ने खतरा बढेको छ ।

जुम्लाकै पहिचान दिने कार्टुन हुनुपर्नेमा विदेशीमा निर्यात हुँदा बजार र पहिचान गुम्ने खतरा भएको किसान बताउँछन् । पहिले जुम्ली स्याउलाई अनुदानको कार्टुन आउँथ्यो ।

स्थानीय तह सञ्चालनसँगै योपटक कार्टुनको व्यवस्था नहुँदा गोलभेंडा र फलफूलका कार्टुनमा स्याउ निर्यात गरिएको हो ।

विदेशी स्याउको कार्टुनमा निर्यात हुँदा जुम्लाको हो या विदेशी छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन् । ‘विदेशी कार्टुनको स्याउलाई जुम्ली भनेर कसैले विश्वास गर्दैन,’ स्याउ व्यापारी जयबहादुर शाहीले भने, ‘जुम्ली स्याउ लेखिएका कार्टुन किसानसम्म पुग्दैनन् । विदेशी कार्टुनमा हाल्दा व्यापारी र उपभोक्ताले विश्वास गर्दैनन ।’

कतिपय उपभोक्ताले विदेशी कार्टुनमा जुम्लाको अर्गानिक स्याउ हुन नसक्ने भन्दै फिर्ता गर्ने गरेको गुनासो स्याउ व्यापारीको छ ।

जिल्ला कृषि कार्यालयको पनि लापरबाही

वर्षा याममा सुर्खेत, नेपालगन्जबाट केरा, गोलभेंडा, अनार, सुन्तला, काउली, खुर्सानी प्याक भएर आउने भारतीय र चिनियाँ स्याउका कार्टुनमा जुम्लाको स्याउ ढुवानी भइरहेको छ ।

कृषि कार्यालयले जुम्ली अर्गानिक स्याउको लोगो र कृषि कार्यालयको नाम उल्लेख भएको कार्टुन दिने गरेकोमा यो पटक दिएको छैन ।

गत वर्ष १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याए पनि वास्तविक स्याउ किसानसम्म पुगेको थिएन । यो वर्ष कार्टुन नै आएन ।

कृषि कार्यालय जुम्लाले कृषि सहकारी, कृषक समूह र जिल्ला सहकारी संघलाई आफ्नै कार्टुन बनाउन सुझाव दिएको थियो ।

जिल्ला कृषि कार्यालयको लापरबाहीले गर्दा गत वर्ष १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याए पनि वास्तविक स्याउ किसानसम्म पुगेन, यो वर्ष कार्टुन नै आएन

विदेशी स्याउको कार्टुन ५० रुपियाँ गोटामा खरिद गरेको किसान बताउँछन् । कार्टुन नहुँदा कतिपय किसानले चिनी र चामलका बोरामा हालेर स्याउ निर्यात गर्नुपरेको गुनासो गरेका छन् ।

कर लिन्छ तर व्यवस्थापन गर्दैन स्थानीय तह

उनले भने, ‘यसपटक कार्टुनै आएन । विदेशी कार्टुनमा जुम्ली अर्गानिक स्याउ निर्यात हुँदा गुणस्तर र पहिचानमा शंका उब्जन थालेको छ ।

यतिबेला देशका विभिन्न जिल्लाबाट स्याउ खरिदका लागि व्यापारी जुम्ला पुगेका छन् ।

स्थानीय तहले स्याउमा प्रतिकेजी ५० पैसा कर लिने गरे पनि स्याउको व्यवस्थापन र बजारीकरणमा खासै चासो दिएको पाइँदैन ।

 

 

कर्णाली प्रदेशबाट सागर परियारको फोटो फिचर



 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related