विद्यालय स्मार्ट अभियानः सूचक पूरा गरेपछि ५ विद्यालय स्मार्ट बन्दै

निर्माण सञ्चार, जुम्ला । जुम्लाका पाँच विद्यालयलाई ‘स्मार्ट विद्यालय’ बन्ने भएका छन् । विद्यालय स्मार्ट अभियानको सुरुवाती चरणमा जिल्लाका सयौं विद्यालयमध्ये चन्दननाथ नगरपालिकाभित्रका पाँच विद्यालय स्मार्ट बन्ने भएका हुन् ।

स्मार्ट विद्यालयको अवधारणा सुरु भए मध्ये नमूना मावि चन्दननाथ, चत्नचुण्डेश्वर मावि बोहोरागाउ, कर्णाली मावि अनामनगर, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का, जनज्योति मावि बारकोटे बाडालाई स्मार्ट विद्यालय बनाउने तयारी भइरहेको हो ।

पाँचवटै विद्यालयका विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीको सरसफाइको अवस्थामा व्यापक सुधार गरी स्मार्ट विद्यालय घोषणा गरिने तयारी भएको ती विद्यालयले बताएका हुन् ।

६ सूचक परा गरेपछि स्मार्ट

विद्यालय स्मार्ट विद्यालय बनाउने अभियान अन्र्तगत अहिले हरेक विद्यालयमया दैनिक सरसफाइ क्रियाकलाप, छलफल, बहस हुनुका साथै सबै विद्यालयमा सरसफाइ सम्मेलन जस्ता क्रियाकलाप भइरहेका छन् ।

स्मार्ट विद्यालय घोषणाका लागि ६ वटा परिसूचक र ७ वटा चरणहरु पुरा गर्नुपर्ने छ ।

स्मार्ट विद्यालयले सफा र स्वस्थ शौचालयको पहुँच तथा प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत सरसफाइ नियमित गर्ने, विद्यालयमा महिनावरी स्वच्छता तथा व्यवस्थापन सुरक्षित खानेपानी, शुरक्षित खाना र स्वच्छ वातावरण जस्ता सूचकहरु अनिवार्य पुरा गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

तोकिए अनुसार उक्त ५ वटै विद्यालयले सरसफाइ टोली गठन गरेर अनुगमन समेत गरेका छन् ।

हरेक दिन सरसफाइको अवस्था विश्लेषण गर्ने, विद्यालय सरसफाइ सम्मेलन गर्ने, सुधारका कार्यक्रम, बजेटको व्यवस्थापन, पुरस्कार, प्रोत्साहन लगाएत पुर्ण सरसफाइका ७ वटा चरणहरु पुरा गरिरहेका छन् ।

त्यसका लागि उक्त ५ वटै विद्यालयले आफ्ना विद्यार्थीहरुमध्येबाट ६ वटा उपसमूह समेत गठन गरेर यस काममा खटाएका हुन् ।

ती समूहले हरेक दिन सरसफाई गणना गर्ने गरेका छन् । शून्यदेखि सयसम्म अंक दिएर एक समूहले अर्को समूहलाई प्रगति विवरण समेत जाँच गराउने गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइको छनोटका आधारमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल र एसएनभी नेपालले स्मार्ट विद्यालय बनाउन सहयोग गरेका हुन् ।

सोही संस्थाको ७० हजार रकम सहयोगमा हरेक विद्यालयले सरसफाई कोष समेत स्थापना गरेका छन् भने अन्य सरसफाईका थुपै्र सामाग्री तथा क्षमतावृद्धिका तालिम लिने अवसर पाएका छन् ।

स्मार्ट विद्यालय घोषणा भइसकेपछि जिल्लाका अन्य विद्यालयको तुलनामा ती विद्यालयहरुको शैक्षिक, भौतिक तथा सरसफाई अवस्था गुणस्तरीय हुने अपेक्षा छ ।

यस अभियानले गर्दा विद्यालयको स्वास्थ्य अवस्था उन्नत बनेको उनीहरु बताउँछन् ।

यति मात्रै होइन, यतिबेला जिल्लाका हरेक विद्यालयहरु प्रतिस्पर्धाको आधारमा आ–आफ्नो विद्यालयलाई जिल्लाकै पहिलो स्मार्ट विद्यालय बनाउने होडबाजीमा लागेका छन् ।

यस अभियान अन्तर्गत रही बिहीबार चन्दननाथ माविमा सरसफाई सम्मेलन सम्पन्न भयो ।

स्मार्ट विद्यालय घोषणा भइसकेपछि जिल्लाका अन्य विद्यालयको तुलनामा ती विद्यालयहरुको शैक्षिक, भौतिक तथा सरसफाई अवस्था गुणस्तरीय हुने अपेक्षा छ

यो अभियान अन्र्तगत चन्दननाथ माविले विद्यालयको वातावरणीय तथा विद्यार्थीको व्यक्तिगत सरसफाइमा उल्लेख्य प्रगति गरेको दाबी गरेको छ ।

‘विद्यालय स्मार्ट अभियानले सरसफाईमा निकै सुधार भयो, अहिले विद्यालयमा छात्र÷छात्रा शौचालय, खानेपानी लगाएत सरसफाइमा आवाश्यक सबै सुविधा प्रयाप्त छ,’ चन्दननाथ माविका शिक्षक सिर्मिता बुढाले भनिन्, ‘महिनावारी भएको समयमा विद्यालयमा सरसफाइ गर्न नपाएर छात्राहरुले घरमा बस्नुपर्ने अवस्था छैन, हामीले विद्यालयमै निःशुल्क सेनेटरी प्याड उपलब्ध गर्छौ, उनीहरुले पनि अहिले सहजलै खुलेर माग्न थालेका छन् ।’

छात्रा हरीदेवि भण्डारीले हाल सरसफाई आफ्नै लागी हो भन्ने अपनत्वको अनुभव भएको बताइन् ।

सरसफाइ अभियान्ता धर्मराज शाहीले स्मार्ट विद्यालयको गारेटो बाटो तय भएको भन्दै बाटोमा हिडेर लक्ष्यमा पुग्ने जिम्मेवारी स्वयं विद्यालयको हातमा रहेको समाचार सागर परियारले तयार गरेका हुन् । 

 

 

 

 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related