बिमस्टेक सार्क प्रतिस्थापनका लागि होइन– प्रधानमन्त्री ओली

बिमस्टेक हिमाल र महासागर जोड्ने सेतु
निर्माण सञ्चार, काठमाडौं । चौंथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् ।

उनले बिमस्टेक सार्कको प्रतिस्थापनको लागि नभई दुबैको आ–आफ्नै महत्त्वलाई भुल्न नहुनेमा जोड दिएका छन् ।

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै प्रम ओलीले बिमस्टेक हिमाल र सागर जोड्ने सेतुका रुपमा अथ्र्याए ।

सम्बोधन गर्दै प्रम ओलीले क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको दरिलो प्रतिबद्धता रहेको समेत बताएका छन् ।

सम्मेलनको अध्यक्षता गर्दै प्रम ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण(पूर्वी एसियालाई पनि जोड्छ ।’

उनले बिमस्टेकले हिमाली राष्ट्रदेखि महासागरका फाँटहरु समेत जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने बताएका हुन् ।

सम्बोधनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो सरकारको नारा भएको बताउँदै प्रम ओलीले बिमस्टेक राष्ट्रका क्षमता उठाउन पार्न सबैभन्दा पहिला जनतालाई गरिबीबाट मुक्त गर्न सदस्य राष्ट्रहरुलाई अपिल गरेका छन् ।

बिमस्टेकले गरिबी निवारणका योजना बनाउन मात्र नभई पूर्ण रूपमा कार्यान्वयन गर्नै पर्नेमा जोड दिएका छन् । बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको भन्दै प्रम ओलीले भने, ‘हामीले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

सदस्य राष्ट्रहरुले बोल्ने क्रमसकिएसँगै आजको उद्घाटन सत्र औपचारिक रुपमा सकिने छ ।

त्यसपछि प्रधानमन्त्री ओलीद्वारा आयोजित रात्रिभोजका लागि बौद्धस्थित होटेल ह्यातमा पाहुनाहरु सरिक हुने कार्यक्रम रहेको छ ।

के भने प्रधानमन्त्री ओलीले

बिमस्टेक शिखर सम्मेलनः (लाइभ)-- के भने प्रधानमन्त्री ओलीले ? सुन्नुहोस्

 

 

 

 

...

बिहीबार, १४ भदौ, ०७५

 

प्रतिक्रिया

Related