काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न, श्रीलंकालाई साँचो हस्तान्तरण

१८ बुँदे बिमस्टेक काठमाडौं घोषणा पत्रमा के के छन् ?
निर्माण सञ्चार, काठमाडौं । बिहीबारबाट सुरु भएको चौथो बिमस्टेक (बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएएको छ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार सहभागी राष्ट्रका सरकार/राष्ट्र प्रमुखहरुले सम्मलेनका विभिन्न अजेन्डामाथि छलफल गर्दै १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेका हुन् ।

२ दिनसम्म चलेको बिमस्टेक सम्मेलनको उद्घाटन सत्रमा बुद्ध सर्किटबारे सदस्य राष्ट्रका सरकार/राष्ट्र प्रमुखले धेरै नै बोले ।

तर, बोलिएको बुद्धसर्किट भन्दा पनि अन्त्यमा आइपुग्दा अन्तरदेशीय विद्युत् प्रसारण लाइनले भने मूर्त रुप पाएको छ ।

बुधबार भएको बिमस्टेक सचिवस्तरीय वैठकले निर्धारण गरे अनुसार समापन समारोहमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रिड इन्टरकनेक्सन) मा ऐतिहासिक सहमति भएको छ ।

सदस्य राष्ट्रहरु सबैले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसरी ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयु भएको हो ।

सम्मेलन सकेलगत्तै बंगलादेशका प्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्किएकी छन् भने आज साँझसम्म म्यानमार, थाइल्यान्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख पनि स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

स्वदेश फर्कनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

साँचो श्रीलंकालाई

सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको नेपालले पाँचौं सम्मेलनका लागि श्रीलंकालाई साँचो हस्तान्तरण गरेको छ ।

होटल सोल्टीमा भएको समापन विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनालाई साँचो हस्तान्तरण गरेका हुन् ।

बिमस्टेक सम्मेलनमा नोपलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

 

 

 

...

शुक्रबार, १५ भदौ, ०७५

 

प्रतिक्रिया

Related