ओली–मोदी भेटवार्ता: रक्सौल–काठमाडौं रेल–वे सझदारीपत्रमा हस्ताक्षर, पशुपतिमा धर्मशाला उद्घाटन

भेटपछि पशुपतिको धर्मशाला उद्घाटनमा दुई देशका प्रधानमन्त्री
निर्माण सञ्चार, काठमाडौं । बिमस्टेक शिखर सम्मेलन समापन लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न भएको द्विपक्षीय भेटवार्तामा भारतीय सहयोगमा निर्माण भइरहेको रक्सौल-काठमाडौं रेल सेवाबारे छलफल भएको बताइएको छ ।

रक्सौल-काठमाडौं रेलको इन्जिनियरिङ अध्ययन गर्न सम्झौतापत्रमा हस्ताक्षर

दुई देशका प्रधानमन्त्रीबीचको सो भेटवार्तासँगै रक्सौल–काठमाडौं रेल सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन सम्पन्न गर्ने समझदारीमा पत्रमा हस्ताक्षर भएको छ ।
 
 
राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको द्विपक्षीय भेटवार्तामा सो सम्झौता भएको हो । सम्झौताले उक्त रेल वेको इन्जिनियरिङसँगै ट्राफिकको व्यवस्थापनमा पनि अध्ययन गर्ने उल्लेख गरेको छ ।
 
दुई प्रधानमन्त्रीले गरे पशुपति धर्मशालाको उदेघाटन
 
प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ परिसरमा निर्माण सम्पन्न धर्मशालाको उद्घाटन गरेका छन् । 
 
नेपाल भारत मैत्री उक्त धर्मशाला निर्माण भारतीय सहयोगमा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दियो ।
३ तलाको यस धर्मशालामा ३ सय ९८ कोठा रहेको कोषले बतायो । 
 
औपचारिक भेटवार्ता पछि भारतीय सहयोगमा निर्माण सम्पन्न पशुपतिस्थित धर्मशालाको उद्घाटन गर्न प्रधानमन्त्री ओली सहित भारतीय प्रम मोदी साँझ पशुपति नाथ पुगेका थिए ।
 
 
प्रधानमन्त्री मोदी सन् २०१४ जुलाईमा नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए।

उक्त धर्मशाला भारतीय सहयोगमा निर्माण भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

 


कभर तस्वीरः सुधन ज्ञवालीको सामाजिक सञ्जालबाट

अपराह्न राखेको यो समाचार साँझ ६ः२० बजे अद्यावधिक गरिएको हो (सम्पादक)

 

 

...

शुक्रबार, १५ भदौ, ०७५

 

 

 

 

प्रतिक्रिया

Related