यतीको विमान दुर्घटनाः १२ घण्टापछि खुल्यो त्रिभुवन विमानस्थल

निर्माण सञ्चार, काठमाडौं । शानिबार राति पौने १० बजे भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार बिहान साँढे ८ बजेबाट सञ्चालनमा आएको छ ।

झन्डै १२ घण्टापछि खुलेको विमानस्थल उक्त विमान दुर्घटना भए लगत्तै नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएका थिए । दुर्घटना भएपनि यात्रुहरु भने सकुशल नै थिए ।

उक्त विमानलाई नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कर्मचारीहरुले सुरक्षाकर्मीको सहयोगमा धावनमार्गबाट पार्किङ–वेमा राख्न सफल भएपछि अवरुद्ध उडान पुनः सञ्चालनमा आएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए अनुसार धावनमार्गको सरसफाइपछि विमानस्थल सञ्चालनमा ल्याइएको छ ।

गए राति नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान अवतरण क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिन पुगेको थियो ।

दुर्घटना हुँदा यात्रुहरु मध्ये ५ जना मात्रै सामान्य घाइते भएका र बाँकी सबै सकुशल रहेको अवस्था थियो ।

 

 

...

आइतबार, १७ भदौ, ०७५

 

प्रतिक्रिया

Related