अब बन्ने भो धरहराः ३ अर्ब ४५ करोडमा बनाउने जिम्मा पायो जिआइटिसी–रमन कन्स्ट्रक्सनले

अब बन्ने छ २२ तले धरहरा !
निर्माण सञ्चार, काठमाडौं । बोलपत्रमा सहभागी ६ कम्पनी मध्ये सबैभन्दा कम बोल–कबोल गरेको जिआइइटिसी–रमन कन्स्ट्रक्सनलाई धरहरा पुनर्निर्माणको जिम्मा दिइएको छ ।

भूकम्पबाट क्षतिग्रस्त धरहरा निर्माणका लागि खोलिएको टेन्डरको लामो विवादपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले विवाद निपटरा लगाउँदै आइतबार ३ अर्ब ४५ करोडको ठेक्का सदर गरेको हो ।

गत वैशाख ३१ गते प्राधिकरणले धरहरा निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

प्रतिस्पर्धामा ७ ओटा कम्पनीले प्रस्ताव पेस गरेपनि क्राइटेरिया नपुगेपछि आशिष कन्ट्रक्सन प्राविधिक मूल्याकंनबाटै बाहिरिनु परेको थियो ।

कसले कति बोलेका थिए ?

धरहरा पुनर्निर्माणका लागि जिआइइटिसी–रमनका बाहेक ठेक्का हाल्नेमा सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड रुपियाँ पेस गरेको थियो भने जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।

आर्थिक प्रस्ताव सदर भएपछि अब भूकम्पले क्षतिग्रस्त धरधरा पुर्निर्माणमा रहेको अन्यौल हटेको छ ।

के थियो विवाद ?

प्रक्रियामा सहभागी कन्स्ट्रक्सन कम्पनीहरुको प्राविधिक प्रस्ताव खोलिसकेपछि विवाद सिर्जना भएको थियो । विवाद देखिएपछि रमन कन्स्ट्रक्सनले आफ्नो जेभी नै सबैभन्दा दाबेदार रहेको भन्दै सबैभन्दा कम रकम बोलकबोल गरेको कुरा आर्थिक प्रस्ताव नखुल्दै सार्वजनिक भइसकेको थियो ।

सहभागी अन्य ५ निर्माण कम्पनीले ठेक्का प्रक्रियामा आफ्नो असहमति राखेका थिए । त्यसले विवाद निस्केको थियो ।

दोस्रो पक्षले सहभागी निर्माण कम्पनी नक्कली भएको भन्दै उजुरी हालेको थियो । जसले गर्दा झन्डै ४ महिनादेखि ठेक्का प्रक्रिया टुंगिन सकेको थिएन ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए अनुसार परेका उजुरीमाथि प्राधिकरणले गरेको अनुसन्धानपछि ठेक्का प्रक्रियामा कुनै पनि नक्कली कम्पनी सहभागी नभएको निष्कर्ष निकालेको थियो ।

उनले सबैभन्दा कम ठेक्का प्रस्ताव गरेको जिआइइटिसी–रमन जेभीको आर्थिक प्रस्तावलाई नै टंग्याइएको जानकारी दिएका हुन् ।

मानन्धरका अनुसार अब आशयपत्रका लागि ७ दिने समय दिइने छ र त्यसको दुई हप्तामा ठेक्का सम्झौता हुनेछ ।

टेलिकम बाहिरिएपछि निजी क्षेत्रकै अगुवाइ

भूकम्प पछि धरहरा बनाउन भन्दै सरकारले विभिन्न कार्यक्रम पनि ल्यायो ।

‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने चर्चासँगै विभिन्न निजी कम्पनीहरुले आफूले बनाउने दाबी गरेका थिए । तर, अन्तिममा सरकारले नेपाल टेलिमलाई अघि बढाएको थियो ।

तर टेलिकमले आफूले चाहेजस्तो मुनाफा नेदेखेपछि पछि हटेको थियो । टेलिकम डिजाइन टुंग्याउनेबारे झमेला भएको निहुँमा पछि हटेको थियो ।

त्यसपछि पुनर्निर्माण प्राधिकरण आफैले निर्माण गर्ने निर्णय गरेर गत वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।

हेर्दा ११ भित्री २२ तले बन्ने !

टेन्डर प्रक्रिया टुंगिएपछि अब बन्ने धरहरा बाहिरबाट हेर्दा ११ तला देखिने गरी २२ तले बन्ने भएको छ ।

गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त धरहरालाई पनि संरक्षण गर्दै भएको ठूटोलाई पनि सिसाले घेरेर प्रदर्शनीमा राखिने सरकारको योजना छ ।

 

 

 

...

सोमबार, १८ भदौ, ०७५

 

प्रतिक्रिया

Related