खारेज भयोः ६० कन्ट्रयाक्टरको ठेक्का लाइसेन्स, कुन कुन हुन् ? नामसहित

निर्माण सञ्चार, काठमाडौं । देशको पूर्वाधार निर्माणको ठेक्का लिने र कामबापत् घरजोहो पनि चलाउँदै आएका ६० निर्माण व्यवसायीको इजाजत खारेज भएको छ ।

राजधानीदेखि विभिन्न ठाउँका सडकहरु नबनाएर दुनियाँले टीकाटिप्पणी गरिरहेकै अवस्थामा यतिबेला निर्माण व्यवसायीहरु करुणाका भन्दा पनि आक्रोशका पात्र बनेका छन् ।

त्यसमा पनि यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन संहिताले सरकारी ठेक्का लिएर काममा लापरबाही गर्ने वा कामै नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कडा प्रावधान अघि सारेपछि निर्माण व्यवसायीहरु तर्सिएको अवस्था पनि छ ।

यही अवस्थामा सरकारले ६० निर्माण व्यवसायीको ठेक्का गर्न पाउने इजाजत पत्र खारेज गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको जानकारी अनुसार निर्दिष्ट समयमै इजाजत नवीकरण गर्न नआएपछि उनीहरुको अनुमति पत्र खारेज गरिदिएको हो ।

कुन कुन परे खारेजीमा ?

अनुमति खारेजी पर्ने कम्पनीहरुमा ठूला र मध्यम स्तरकै निर्माण व्यवसायीका फर्महरु खारेजीमा परेको देखिन्छ ।

तिनमा मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्टक्चर, एलपी एन्ड लामा कन्स्ट्रक्सन, योङ शेर्पा कन्ट्रक्सन, सिएलएस कन्स्ट्रक्सन, एलिजा कन्स्ट्रक्सन, सगर कन्ट्रक्सन, थोङता कन्स्ट्रक्सन, लक्ष्मी निर्माण सेवा, काजिमा कन्स्ट्रक्सन, श्रृजन विल्डर्स, देउजा विल्डर्स रहेका छन् ।

 यी हुन् खारेजीमा परेका फर्म वा कम्पनीहरु

 

 

...

आइतबार, २४ भदौ, ०७५

 

प्रतिक्रिया

Related