कुन्मिङ–कलकत्ता बुलेट रेलका लागि चिनियाँ प्रस्ताव

दुई हजार ८ सय किलोमिटर लामो रेलमार्ग:आर्थिक विकासका सम्भावना
नर्माण सञ्चार, एजेन्सी | भारतसँग जोड्न बुलेट रेल चलाउनु उपयुक्त हुने चीनले बताएको छ ।

बुधबार कलकत्तास्थित चिनियाँ महावाणिज्यदूतमा छान्वुले कलकत्तामा आयोजित एक कार्यक्रक्रमका बीच युनान प्रान्तको राजधानी कुन्मिङदेखि म्यानमार र बंगलादेश हुँदै कलकत्तासम्म बुलेट रेल ल्याउनेबारे चीनले योजना बनाइरहेको बताए ।

उनले भने ‘चीन र भारत दुबैको प्रयासमा ती दुई शहरलाई जोड्न उच्च गतिको रेल चलाउन सकिन्छ,’ रेल लाइन बनाउन सकिए कलकत्ताबाट कुन्मिङ केही घन्टामै पुगिनेछ।’

उक्त रेलमार्गबाट बंगलादेश र म्यानमारले पनि फाइदा लिन सक्ने छान्वुले जानकारी दिए । त्यो रुटमा उद्योगको सञ्चालन गर्न सकिने समेत उनको भनाइ थियो ।

‘दुई हजार ८ सय किलोमिटर लामो रेलमार्गले यी देशहरूमा अरू आर्थिक विकासका सम्भावना पनि खोल्नेछ, छान्वुले भने ।’

सन् २०१५ मा कुन्मिङमा भएको ग्रेटर मेकोङ सबरिजनमा पनि रेलबारे कुराकानी भएको बताउँदै सो अवधिमा समेत उक्त रेलमार्ग बंगलादेश–चीन–भारत–म्यानमार (बिसिआइएम) करिडोरको व्यापार प्रवर्द्धन गर्ने योजना लिइएको दाबी गरे ।

यससँगै छान्वुले कुन्मिङ र कलकत्तालाई जोड्न सिल्क रोडको पुनर्स्थापनाका लागि प्रयास भइरहेको जानकारी समेत गराए ।

...

बिहीबार, २८ भदौ २०७५ 

प्रतिक्रिया

Related