सानेपा, ललितपुरमा अवस्थित गैर सरकारी संस्था वीरायतन नेपाललाई बैंकले ५ लाख नगद प्रदान गरेको थियो ।
उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–सुसार पठन–पाठन, खान–पान तथा समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम प्रदान गरिएको बैंकले जानकारी दियो ।
सो रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले हस्तान्तरण गरेका थिए ।
उक्त समारोहमा बैंकका संचालकहरु ई. बच्छराज तातेड, ज्योति कुमार बेगानी, ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीको लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो समारोहमा परम् पुज्य साद्वी शीलापिजी महाराजले सनराइज बैंकको सहयोगका लागी धन्यवाद ज्ञापन दिएका थिए ।
...
सोमबार, ८ असोज, ०७५
प्रतिक्रिया