सनराइज बैंक लिमिटेडको एटिएम तिनकुनेमा पनि

ग्राहकहरुको लागि स्वास्थ्य बीमा सुविधा
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले तिनकुनेमा एटिएम संचालनमा ल्याएको छ ।

एटिएमको उद्घाटन बैंकका संचालक ज्योती कुमार बेगानी र तिनकुने शाखाका शाखा अधिकृत ज्ञानेन्द्र दत्तले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य समेतको उपस्थिति रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ९१ वटा शाखा, १०७ वटा एटिएम, २३ वटा शाखारहित बैंकिङ्ख सेवा र ४ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने भएको छ ।

यससँगै बैंकले देशभरका ९० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

...

मंगलबार २ असोज २०७५ 

प्रतिक्रिया

Related