उपत्यकाको धुलो नियन्त्रण गर्न किन चुक्यो महानगर ?

धुलो–धुवाँबाट अल्पकालीन र दीर्घकालीन समस्या
निर्माण सञ्चार, काठमाडौँ | महानगर उपत्यकाको धुलो–धुवाँ नियन्त्रण गर्न समेत असफल देखिएको छ । यात्रुहरु भने दैनिक धुलो र धुँवाका कारण सास्ती खेप्न बाध्य छन् ।

तर, पनि महानगर उपत्यकाको धुलो–धुँवाबाट तत्काल मक्त गराउन संवेदनशील नभएको गुनासो बढ्दै गएको छ ।

जताततै उड्न् यस्तो धुलोका कणले मानव स्वास्थ्यमा दिन प्रतिदिन प्रतिकुल असर पारिरहेको छ ।

अधिकारसम्पन्न महानगर भने वर्षौसम्म सडकमा कुनै परिवर्तन ल्याउन नसकेको अवस्था रहेको छ ।

नगरपालिकासँग भएका ३ मध्ये २ ब्रुमर विग्रिए

उपत्यकाको धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकासँग तीनवटा बु्रमर, पाँचवटा जेट र ललितपुर महानगरपालिकासँग एउटा ब्रुमर रहेको छ ।

काठमाडौं नगरपालिकासँग भएका ३ मध्ये २ ब्रुमर बिग्रिएर थन्क्याइएको छ ।

बाँकी एउटा चालू अवस्थामै भए पनि प्रायजसो कार्यालयमै थन्किने गरेको छ ।

पाँचवटा जेट २ महिनादेखि परीक्षणमै

सडक पखाल्न ल्याएका पाँचवटा जेट २ महिनादेखि परीक्षणमै राखिएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले भने ‘हामीले २ महिनाअघि रोड पखाल्न पाँचवटा जेट ल्याएका थियौँ, जसले रोड पखाल्ने र जमेको पानी पनि तान्ने काम गर्छ ।’ ‘तर, ती उपकरण अझै परीक्षणमै रहेको छ’, उनले भने ।

प्रमुख कुँवरका अुनसार उक्त ब्रुमरले कस्तो रोड पखाल्न मिल्छ, जमेको पानी कसरी निकाल्न सकिन्छ भन्ने परीक्षण चलिरहेको छ ।

ललितपुर महानगरले सडक विभागबाट एउटा ब्रुमर ल्याए पनि कार्यालयमै थन्किएको छ ।

महानगरवासी धुलोको मारमा पर्दा वा पानी परेर हिलाम्य हुँदा समेत महानगरले ऊक्त उपकरण कार्यालयमै थन्क्याएर राखेको छ ।

स–साना धुलोका कण सफा गर्न ब्रमुर

आधुनिक सहरहरूमा ब्रुमरलाई चिल्ला सडकमा रहेका स–साना धुलोका कण सफा गर्न प्रयोग गरिन्छ ।

तर, उपत्यकामा ठूला खाल्डाखुल्डी, बाक्लो धुलो वा हिलो हुने भएकाले ब्रमुर चलाउन मुस्किल रहेको वातावरणविद्हरू बताउँछन् । वातावरणविद्हरु भन्छन्, ‘जबर्जस्ती चलाउन खोजेमा ब्रमुर बिग्रन्छ ।’

चलाउने वातावरण नभएकाले नै काठमाडौं र ललितपुर महानगरपालिकाका ब्रुमर प्रायः कार्यालयमै थन्किएको उनीहरु दाबी गर्छन् ।

हाल ब्रुमर बिग्रियर काठमाडौं र ललितपुर महानगरले थप ब्रुमर खरिद गर्ने तयारी थालेका छन् ।

४ महिनाभित्र ब्रमुर काठमाडौं आउने ?

अहिले काठमाडौं महानगरले ५ वटा ब्रमुर खरिद गर्न टेन्डर गरिसकेको छ । महानगरका अनुसार आगामी ४ महिनाभित्र ब्रमुर काठमाडौं आउँछ ।

ललितपुर महानगरले पनि एउटा ब्रमुर खरिद गर्न टेन्डर गर्ने तयारी थालेको छ ।

पूर्वाधार निर्माणका नाममा धुलो र हिलो बढी !

पूर्वाधार निर्माणका नाममा उपत्यकामा निरन्तर सडक खन्ने कार्य भएकाले धुलो र हिलो बढी भएको महानगर दाबी गर्छ । प्रमुख कुँवर भन्छन्, ‘कहिले मेलम्चीको पाइप बिछ्याउँदा सडक खनिन्छ त कहिले केबलतार, कहिले बिजुलीका तार त कहिले फुटपाथ बनाउँदा सडक खन्ने गरिन्छ ।’

यसरी एकपछि अर्को निकायले सडक भत्काउँदा प्रत्येक वर्ष धुलो र हिलो बढेको बताउँछन्, उनी ।

वातावरणविद्हरू भने निकाय/निकायबीचमा समन्वय नगरी लगातार सडक खन्दा तथा उपत्यकामा प्रदूषण बढेको बताउँछन् ।

साथै चोभार, साँगा र थानकोटबाट धुलो र धुवाँ भित्रँदा पनि उपत्यका प्रदूषण हुने उनीहरुको भनाई छ ।

धुलो–धुवाँबाट अल्पकालीन र दीर्घकालीन समस्या

धुलो–धुवाँबाट अल्पकालीन र दीर्घकालीन समस्या निम्तिने खतरा हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनका अनुसार प्रदूषणले तत्कालीन समस्यामा आँखा चिलाउने, पोल्ने, आँखाको एलर्जी हुने छालामा एलर्जी हुन्छ ।

धुँवाधुलोका कारण दीर्घकालीन रोगाका रूपमा फोक्सोमा समस्या हुँदा दमका बिरामी बढ्ने र कतिपय बिरामीलाई क्यान्सर पनि हुनसक्ने पुनको भनाई छ ।

 गाडीको दोहोर्याएर हुँदैन जाँच

साना–ठूला गाडीको धुवाँ मापन गरेर बढी फाल्नेलाई रातो स्टिकर र कम धुवाँ फाल्ने गाडीलाई हरियो स्टीकर दिने व्यवस्था छ ।

तर, वर्षको एकपटक हरियो स्टिकर लगाएपछि त्यस्ता गाडीको दोहोर्याएर जाँच नै गरिदैन भने त्यस्ता गाडीले जतिसुकै धुवाँ फाले पनि कारबाही गर्ने व्यवस्था छैन ।

धुवाँ मापन यन्त्र राजधानीका एकान्तकुना, स्वयम्भू र टेकुमा राखिएका छन् । त्यसैगरी, उपत्यकाबाहिरका यातायात कार्यालयमा पनि धुवाँ मापन गर्ने उपकरण राख्ने गरिएको छ ।

पाँचवटा ब्रुमर ल्याउने तयारी

अब काठमाडौँ महानगरले पाँचवटा ब्रुमर भित्राउने भएको छ । महानगरले इटालीबाट १० करोड ८ लाख २४ हजार खर्चेर ५ वटा ब्रुमर ल्याउने भएको हो ।

महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘हालका ब्रुमर चाइनिज हुँदा धेरै धुलो वा हिलो भएको क्षेत्रमा चलाउन गाह्रो भइरहेको छ,’ सोहीकारण इटालिनय ब्रमुम प्रभावकारी हुने भएकाले त्यस्ता खालका ब्रमुर ल्याउन लागेका हौँ ।’

प्रमुख कुँवरकाअनुसार इटालियन ब्रुमर ल्याएपछि धुलो नियन्त्रण गरिन्छ ।

...

बुधबार ३ असोज २०७५

प्रतिक्रिया

Related