‘फाष्ट ट्रयाक’को डीपीआर तयार गर्न सेनाले छान्यो कोरियाली परामर्शदाता कम्पनी !

डीपीआर लागत भारतीय कम्पनीको मागभन्दा ५१ करोड सस्तो
निर्माण सञ्चार, काठमाडौँ | काठमाडौं –तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाली सेनाले कोरियाली परामर्शदाता कम्पनीलाई छनोट गरेको छ ।

द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले यसअघि तयार पारेको डिपीआरमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि सेनाले अर्काे परामर्शदाताको छनोट गरेको हो ।

डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता काठमाडौं –तराई मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले बताए ।

उक्त सुरुङमार्गको डिपीआर करीब १० करोड १५ लाखको लागतमा तयार हुने भएको छ । सो लागत भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड सस्तो रहेको छ ।

आयोजना प्रमुख खाँणका अनुसार खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ ।

द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले औपचारिकरुपमा डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो ।

एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर नै हाल सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक काम गर्दै आएको छ ।

अहिले सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको आयोजना प्रमुख खाँणले जानकारी दिए ।

...

बुधबार ३ असोज २०७५ 

प्रतिक्रिया

Related