महासंघका अनुसार चुनावमा ८ सय ७५ प्रतिनिधिहरुको उपस्थिती रहेको छ । कमलादी प्रज्ञा प्रतिष्ठानमा जारी मतदान दिउँसो दुई बजेसम्म चल्नेछ ।
भोलि (आइतबार) बिहानसम्म मतगणना गरिसक्ने महासंघको भनाई छ ।
महासंघको नयाँ नेतृत्व छनोटको ११ औं अधिवेशन तथा २० औं साधारणसभा बिहीबारबाट सुरु भएको थियो ।
सोही अधिवेशन मार्फत् आउने तीन वर्षका लागि महासंघले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
जसमा एक अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि प्रतिस्पर्धा हुनेछ ।
...
शनिबार ६ असोज २०७५
प्रतिक्रिया