अल्फान अध्यक्ष राई निर्माण व्यवसायी महासंघ चुनावमा निर्विरोध

वस्तुगत संघहरुको पहिलो अभ्यासमा पहिलो भए राई, आउने दिनमा कहाँ पुग्ने छ सपना ?
निर्माण सञ्चार, काठमाडौं । निर्माण क्षेत्रअन्तर्गत रहेका स–साना वस्तुगत संघहरुलाई पनि आफू अन्तर्गत संगठित गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले वस्तुगत तर्फबाट नेपाल आल्मुनियम व्यवसायी संघ (अल्फान) अध्यक्ष तेज वान्तावा राईलाई निर्विरोध निर्वाचित गरेको छ ।

एफक्यानले पहिलोपटक आल्मुनियमका समाना उत्पादन तथा विक्रि वितरण गर्ने निकायका तर्फबाट राईलाई निर्विरोध निर्वाचित गरेको हो ।

जितपछि निर्माण सञ्चारसँग बोल्दै अल्फान अध्यक्ष राईले अगामी दिनमा अल्फानको प्रतिनिधित्व घरेलु तथा साना उद्योग महासंघसम्म पुर्याउने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघ तथा एफएनसिएसलाई अल्फानजस्तै अन्य स–साना वस्तगत संघहरुलाई पनि आफूमा आवद्ध गर्न सुझाव दिए ।

अगामी दिनमा एफक्यानको सहयोगले पूर्वाधार विकासमा आफूहरुले पनि कटिवद्ध भएर सहयोग गर्ने बताए ।

गए राति ९ बजे अन्तिम नामावली प्रकाशन गरेको मुख्य निर्वाचन समितिले राईसँगै अन्य ४ जना पनि निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

बिहीबारदेखि चलेको निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभा तथा ११ औँ अधिवेशन आज नयाँ नेतृत्व चयनसहित टुंगिदै छ ।

 

 

...

शनिबार ६ असोज २०७५

 

प्रतिक्रिया

Related