डब्ल्युटिओ पुनर्संरचनामाथि चिनियाँ बहस:कस्तो र कसरी ?

विकासशील राष्ट्रको बढ्दो क्रय क्षमताले विश्व बजारमा ठूलो योगदान
निर्माण सञ्चार, काठमाडौँ | अमेरिका, जापान र युरोपियन युनियन (इयू) विश्व व्यापार संगठन (डब्ल्युटिओ) का व्यवस्था परिवर्तन गर्न नयाँ प्रस्ताव ल्याउनेबारे सहमत भएका छन् ।

यही सन्दर्भमा चिनियाँ समकक्षीसँग छलफल गर्न इयू व्यापार प्रतिनिधि आउँदो महिना बेइजिङ जाँदै छन् । डब्ल्युटिओको सुधारलाई सहयोग गर्न चीन सधैँ तयार छ ।

विश्वका देशहरूको संयुक्त प्रयासबाट पछिल्लो समय बढिरहेको एकलवादलाई रोक्न डब्ल्युटिओमा सुधार गर्नुपर्ने अपेक्षा चीनको छ।

डब्लुटिओको व्यवस्थाले बहुराष्ट्रवादको वकालत गर्ने हुँदा बहुराष्ट्रिय व्यापार प्रणालीको पक्षमा चीन उभिएको छ । डब्ल्युटिओको पुनर्संरचनाले अधिकांश सदस्य राष्ट्रको चासो र समस्याको सम्बोधन गर्नुपर्छ ।

पुनर्संरचनाले विकसित राष्ट्रभन्दा पनि धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रको चासोलाई बढी ख्याल गर्नुपर्छ । उदीयमान अर्थतन्त्रको द्रुत विकासले गर्दा विश्व आर्थिक शक्ति पनि बदलिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकअनुसार क्रयशक्तिका आधारमा सन् २०१३ मा विश्वको कुल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा उदीयमान अर्थतन्त्रले ओगटेका थिए ।

उदीयमान अर्थतन्त्र भएका मुलुकको घरेलु बजार र निर्यात बढेसँगै अन्तराष्ट्रिय व्यापार तथा आर्थिक संवादमा उनीहरूको आवाजले अझ बढी महत्व पाउन थालेको छ ।

विकासशील राष्ट्रको हैसियतले चीनले विकासका साझा चासोमा जोड दिएको छ ।

यसर्थ, अमेरिका, जापान र इयूले डब्ल्युटिओको संरचना सुधार गर्ने प्रस्तावमा सहमति गरे पनि चीनलाई बेवास्ता गर्न सक्दैनन् ।

जापान टाइम्सका अनुसार चीनलगायत केही डब्ल्युटिओ सदस्यले ‘नोटिफिकेसन’ प्रणाली पालन गर्न असफल भएको उल्लेख छ ।

चीनले डब्ल्युटिओको कार्यलाई सहयोग गर्छ ।

तर, चीन तथा अन्य विकासशील राष्ट्रको अर्थतन्त्रको साझा चासोलाई विफल बनाउन यी राष्ट्रबाट पुनर्संरचनाको प्रस्ताव आएको हो भने चीनले यस्तो प्रस्ताव स्वीकार गर्न सक्दैन ।

अन्य विकासशील मुलुकले झैँ चीनले पनि आर्थिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्छ ।

विकासशील राष्ट्रको बढ्दो क्रय क्षमताले विश्व बजारमा ठूलो योगदान पुर्याएको छ, जसका कारण विकसित देशले समेत आफ्नो अर्थतन्त्र बढाउने अवसर पाएका छन् ।

आर्थिक विश्वव्यापीकरणलाई प्रोत्साहन गर्ने सन्दर्भमा विकासशील र विकसित राष्ट्रको सझा चासो रहकोमा शंका छैन । यही मर्मलाई आत्मसात् गरेर चीनले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुला गरेको हो ।

तर, यसो भनिरहँदा डब्ल्युटिओलाई अमेरिका पहिलो नीति लागू गर्ने हतियारको रूपमा प्रयोग गर्न खोजिए चीनले यस्तो कदमको प्रतिवाद गर्छ । डब्ल्युटिओका अधिकांश सदस्य विकासशील राष्ट्र छन् ।

यसर्थ, डब्ल्युटिओमा सुधार ल्याउने वा पुनरर्संरचना गर्ने बहस चलिरहँदा हरेक सदस्य राष्ट्रलाई आफ्नो देशको चासो प्रकट गर्ने अधिकार छ। ( ग्लोबल टाइम्सकी पत्रकार हुन्)

ग्लोबल टाइम्सबाट हु वेइजिया पत्रकारको धारणा आजको नयाँ पत्रिकाले प्रकाशन गरेको छ ।

...

सोमबार १५ भदौ, ०७५

प्रतिक्रिया

Related