पुसदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सूरुः कहिले हुन्छ पूरा ?

कस्तो हुनेछ सरुङमार्ग ? लागत कति ?
निर्माण सञ्चार, काठमाडौँ | उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्गको पुसदेखि थालिने भएको छ ।

यो आयोजनाको निर्माण सम्पन्न ४२ महिनाभित्र गरिसक्ने गरी सरकारले योजना लिएको छ । यो सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि हुन्छ ।

सोबाहेकको २.४५ किमि सडकको भाग हुन्छ ।

लागत कति ?

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग १६ अर्ब ६९ करोड ६० लाख रुपियाँ लागतमा निर्माण गरिने भएको छ । यो सुरुङमार्ग जापान सरकारकोे ऋण सहयोगमा निर्माण गरिने भएको छ ।

सो ऋणको ब्याज प्रतिवर्ष ०.०१ प्रतिशत लाग्ने गरी सम्झौत गरिएको छ । सोही सम्झौताअनुसार नेपालले ४० वर्षसम्ममा जापानलाई ऋण चुक्ता गर्नुपर्नेछ ।

मुआब्जाबारे के हुँदैछ ?

उक्त सुरुङमार्ग काठमाडौंको बलम्बुबाट सुरु भएर धादिङको सिस्नेखोलामा पुगेर अन्त्य हुनेछ ।

हाल सुरुङमार्ग आसपास पर्ने जग्गाको मुआब्जा वितरण थालिएको सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले जानकारी दियो ।

महाशाखा अनुसार काठमाडौंबाट मुआब्जा वितरण सुरु गरिएको छ । मुआब्जा २८० घरपरिवारले प्रतिआना ९ देखि ४२ लाख रुपियाँ पाउनेछन् ।

सोमध्ये २५० परिवारले मुआब्जाका लागि निवेदन दिइसकेको महाशाखाले बतायो ।

कस्तो हुनेछ सुरुङ मार्ग ?

सरुङमार्ग तीन लेनको हुनेछ ।

जसमध्येमा उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनमा चल्नेछ भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् ।

महाशाखाका अनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपियाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ ।

‘टोल ट्याक्स’ किन ?

सुविधा सम्पन्नसहित यात्राको समय छोटिने भएकाले ‘टोल ट्याक्स’ प्रणाली राखिने भएको छ ।

विभागले सुरुङमार्ग निर्माणपछि उपत्यका बाहिरदाँ वा भित्रदा भोग्नुपर्ने ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने बताएको छ । यो सुरुङमार्गलाई नमुना प्रोजेक्टका रूपमा विकास गर्ने विगागको योजना छ ।

आशयपत्र पेश गर्न एक हप्ता बाँकी

सुरुङमार्ग निर्माणका लागि महाशाखाले २५ साउनमा बोलपत्र आह्वान गरेको थियो । निर्माणका लागि आशयपत्र पेस गर्ने समय अझै एक हप्ता बाँकी छ ।

हालसम्म ३९ कम्पनीले इच्छा देखाएका छन् ।

जसमध्येमा मापदण्ड पुगेको सबैभन्दा कम दररेटवाला कम्पनीलाई छनोट गरिने महाशाखाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए ।

इन्जिनियर पौडेलले भने, ‘टेन्डर आह्वान भएको छ, जसमध्येमा मापदण्ड पुगेको ‘लो बिडिङ’ गर्ने कम्पनी छनोट गरिनेछ ।’

उक्त सुरुङमार्ग निर्माणका लागि स्वदेशी तथा विदेशी गरी ३९ ठेकेदार कम्पनीले इच्छा देखाएका हुन् ।

जसमा धेरै चिनियाँ कम्पनी रहेको सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले जानकारी दियो ।

...

मंगलबार, १६ असोज २०७५

प्रतिक्रिया

Related