आजदेखि एक हप्तासम्म राती बन्द हुने नागढुंगा सडक !

किन रोकिदैँ एक सातासम्म सवारी आवागमन?
निर्माण सञ्चार, काठमाडौँ | त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन एक हप्तासम्म रोकिने भएको छ ।

बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लागाइएको छ ।

चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले सो सडकखण्डमा सवारी आवागन लगाएको हो ।

आजदेखि (असोज १६) अगामी सोमबार ( असोज २२ गते) सम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने डिभिजन प्रमुख देवकुमार तामाङले जानकारी दिए ।

सडक निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको उनको भनाई छ ।

चाडपर्व नजिकिँदै गर्दा डिभिजन कार्यालयले विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई तीव्र रुपमा अघि बढाएको छ ।

नागढुङ्गा–पिपलामोड सडकखण्डमा भने कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको डिभिजन प्रमुख तामाङले बताए ।

...

मंगलबार, १६ असोज २०७५ 

प्रतिक्रिया

Related