निजगढ विमानस्थल निर्माणमा तीव्रता दिन निर्देशनः हालसम्म कति भयो काम ?

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै ठूलो र गौरवमय परियोजना’
निर्माण सञ्चार, काठमाडौँ | निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ ।

समितिका सभापति दिलकुमारी रावलका अनुसार सोमबार बसेको समितिको उक्त बैठकले निजगढ विमानस्थल सर्वाधिक चासो र आवश्यकता भएको बताउँदै तत्काल अघि बढाउन निर्देशन दिएको हो

के–के भए काम ?

निजगढ विमानस्थलको ४ किल्ला तोक्ने काम भइसकेको छ ।

समितिले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण र बस्ती स्थानान्तरणको काम पनि अगाडि बढिरहेकाले अब निर्माणमा गति दिन निर्देशन दिएको हो ।

आयोजना प्रमुख ओम शर्माले सो आयोजनाको वातावरणीय प्रभावमा मूल्यांकन (ईआइए) स्वीकृत भई क्षेत्र खाली गर्ने काम भइरहेको बताए ।

हाल विमानस्थलको ११० बिघा जग्गाको मुआब्जा वितरणको काम अघि बढाइएको शर्माको भनाई छ ।

उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै ठूलो र गौरवमय परियोजना भएको भन्दै यसको निर्माण तत्काल अगाडि बढ्ने बताए ।

यससँगै मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदका विषयमा पनि आवश्यक छानबिन गर्न सकिने बताए ।

‘मन्त्रालयले आफ्नो तहबाट छानबिन गरेको छ’, उनले भने ‘सो विषयमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नसक्छ ।’

...

मंगलबार, १६ असोज २०७५ 

प्रतिक्रिया

Related