अत्तरिया सडक अलपत्रः डेढ वर्षमा २० प्रतिशत मात्रै काम

धुलो/हिलोले सास्ती, व्यापार व्यवसाय नै डामाडोल
नर्माण सञ्चार, धनगढी | मुलुकका विभिन्न स्थानमा सडक निर्माणधीन अवस्थामा छन् । जसमध्येको धनगढी जिल्लाको अत्तरिया सडक एक हो । तर, यस सडकको निर्माण गतिले भने तीव्रता पाउन सकेको छैन ।

उक्त ६ लेनको सडको निर्माण सुरु भएको झन्डै डेढ वर्ष भइसक्दा पनि कामले गति लिएको छैन ।

निर्माणको काम सुरु भएको १६ महिनामा वितिसक्दा काम भने २० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

सडक आयोजना कार्यालय धनगढीका प्रमुख मनीषकुमार शाहले अत्तरिया ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको निर्माण सञ्चारलाई जानकारी दिए ।

प्रमुख शाहका अनुसार अत्तरिया सडक निर्माण २०७६ जेठमा सक्नुपर्ने गरि सम्झौता गरिएको छ । तर, कामको ढिलासुस्ती हेर्दा आयोजनाका काम तोकिएको समयमा सम्पन्न नुहने आकलन गर्न सकिन्छ ।

 किन न्यून काम ?

त्यस सडक क्षेत्र समयमै खाली गराउन नसक्दा निर्माण प्रगति न्यून रहेको शाह बताउँछन् । हालसम्म सो सडक क्षेत्रमा परेका अधिकांश घर भत्काइएको छैन ।

कामको प्रगतिका आधारमा समयमै सकिने अवस्था नदेखिएको भन्दै स्थानीय समेत निराश भएका छन् ।

लागत कति ?

६ लेनको अत्तरिया सडक निर्माणको १ अर्ब ६८ करोड रुपियाँ लागत रहेको छ । यस आयोजनाका काम भने ३ खण्डमा विभाजन गरेर भइरहेको छ ।

उक्त सडक धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ ३२. २ मिटर रहने प्रमुख शाहको भनाई छ ।  

धूलोले कुहिरो लागेजस्तै

सडक निर्माणधिन अवस्थामा रहेको हुँदा पानी पर्दा हिलो घाम लाग्दा धूलोले कुहिरो लागझैँ हुने गरेको छ, सो स्थानमा ।

सडक निर्माणको ढिलासुस्तीले यात्रुहरुलाई आवतजावतमा समेत समस्या भइरहेको छ । प्रत्येक सवारीसाधन गुड्दा कुहिरीमण्डल धूलो हुने गुनासो गर्छन्, स्थानीयबासी ।

धुँवाधूलोका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै राजुपुरका स्थानीयले गुनासो पोखे ।

बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल आवतजावत गरिरहेका हुन्छन् ।

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकललगायत दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा स्थानीय झनै मारमा परेका छन् ।

बोराडाँडीका रमेश थपलीयाले ठेकेदार र सरोकारवाला निकायका लापरवाहीका कारण स्थानीयबासीले वर्ष दिनदेखि धुलो र हिलो खेप्नुपरेको गुनासो गरे ।

थपलियाले भने ‘तोकिएकै समयमा सक्ने लक्ष्यसहित कामले तीव्रता पाएको भए स्थानीयले स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि धेरै मार खेप्न पर्दैनथ्यो, यो धुलो र हिलोको सास्तीबाट हामीले कहिलेसम्म सास्ती खेप्न पर्ने हो ।’

सडक छेउछाउमा व्यापार व्यवसाय गरेर बसेकाहरु झनै सास्ती व्यहोर्न बाध्य छन् ।

शरीरभित्र झन् कति धूलो ?

राजपुरस्थित राजु चौधरीले भने ‘सडकबाट सवारी साधनले उडाएको धूलोले पसमा राखेका सामान समेत नचिन्ने अवस्थामा हुन्छ, हाम्रो शरीरभित्र झन् कति धूलो पस्छन्, होला ?’

पानी पर्दा हुने हिलाका कारण त उपभोक्ता नै पसलमा त्यति आउन नचहाने बताउँछन्, चौधरी । यसबारेमा कसैलाई चासो नभएको भन्दै उनी आक्रोशित भए ।

यो सडक निर्माण सूरु भएसँगै व्यापार व्यवासय नै डामाडोल भएको व्यवासयीको दुःखेसो छ । 

...

बुधबार १० असोज २०७५ 

प्रतिक्रिया

Related