‘आर्थिक समृद्धिको आधार पर्यटन’–सभामुख महरा

महासंघको तेस्रो केन्द्रिय साधारण सभा सम्पन्नः नेपाल पर्यटन वर्ष २०२० को पर्यटन मन्त्रीबाट उद्घाटन
निर्माण सञ्चार, जुम्ला | सभामुख कृष्ण बहादुर महराले नेपालको सामाजिक विकास र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र बलियो आधार भएको बताए ।

नेपालका पर्यटन सम्भवानालाई अवसरमा बदल्नका लागि आवश्यक पुर्वधारको विकासमा जोड दिनुपर्ने संघिय सभाका सभामुख महराको भनाई छ । सरकारले पर्यटन विकासका लागि आवश्यक लगानी बढाउनु पर्नेेमा जोड दिए ।

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै सभामुख महराले पर्यटन नोपलको प्रचारका साथै आर्थिक रुपमा सबल बनाउने बताए ।

‘नेपाललाई विश्वको पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार निर्माणको आवश्यकता छ’, उनले भने, ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य छ ।’

यसमा सरकारसहित सबै क्षेत्र लाग्नुपर्ने उनको भनाई छ ।

पर्यटन पत्रकार महासंघले शुरु गरेको विधागत पर्यटन पत्रकारिताले मुलुकमा नयाँ आयाम थपिने विश्वास लिएको सभामुह महाराले बताए ।

उनले पर्यटनको प्रवल संभावनालाई महासंघको गतिविधिले देशको उन्नती हुने अपेक्षा लिएको दाबी गरे ।

दाङबाट विगत ४ वर्ष पहिले सानो समुह हुँदै केन्द्रिय साभारण सभासम्म आउँदा निकै खुशी लागेको महाराको भनाई छ ।

उनले थपे, ‘पर्यटन पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको सक्रियाताकै कारण पर्यटन क्षेत्रका विकासमा तीनै तहको सरकार गम्भीर भएको छ ।’

महासंघलाई सरकाले आबश्यक सहयोग गर्ने सभामुख महाराको प्रतिवद्धता छ ।

महासंघका अध्यक्ष धनिराम शर्माले पश्चिम नेपालबाट थालिएको पर्यटन क्षेत्रको विधागत पत्रकारिताले राष्ट्रियस्तरसम्म आईपुग्दा अपेक्षित आकार लिएको बताए ।

मुलुकको विकासमा महासंघले विधागत पत्रकारिताबाट सहयोग पुर्याउन अनवरत रुपमा लागि पनुपर्नेमा अध्यक्ष शर्माले जोड दिए ।

आज (मंगलबार) नेपाल पर्यटन वर्ष २०२० को पर्यटन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पर्यटन वर्ष २०२० सफल बनाउन तथा तेस्रो केन्द्रीय साधारण सभालाई सम्पन्न गराउन देशभरका पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरु राजधानी झरेका छन् भने झन्डै १५० भन्दा बढी पर्यटन पत्रकारहरुको सहभागतिा रहेको थियो ।

सागर परियारको रिपोर्ट

...

बुधबार १० असोज २०७५ 

प्रतिक्रिया

Related