निर्माण व्यवसायी संघ कैलालीले प्राप्त गर्यो भेट्रान फुटवल उपाधी

‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेलकुद’
निर्माण सञ्चार, धनगढी | निर्माण व्यवसायी संघ कैलालीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी प्राप्त गरेको छ ।

सोमबार भएको फाइनल खेलमा संघले अरनिको भेट्रानलाई ३–१ गोल अन्तरले पराजीत गर्दै उपाधी प्राप्त गरेको हो ।

उक्त खेलमा संघका विनोद विष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रानका तर्फबाट मानबहादुर तामाङले एक गोल गरेका थिए ।

‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित हरितालिका तीजको अवसरमा भेट्रान फुटवल खेल प्रतियोगिताको आयोजना गरिएको थियो ।

सो खेलको आयोजना भने अरनिको खेलकुद विकास समितिले गरेको थियो ।

यस प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेताले ३० हजार रुपियाँ प्रदान गरिएको समितिले जानकारी दियो ।

...

बुधबार १० असोज २०७५ 

प्रतिक्रिया

Related