घर बनाउन नसकेका भूकम्प पीडितलाई सहुलियतपूर्ण कर्जाः तर कसरी लिने, कस्ताले पाउने ?

निर्माण सञ्चार, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले मात्रै सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् ।

मन्त्रिपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि तीन लाखसम्म ऋण लिनसक्ने भएका हुन् ।

अब ऋण दिँदा कम्तिमा ८ प्रतिशत पुग्नेछ ।

हाल अधिकांश बैंकको आधार दर ६ प्रतिशतभन्दा कम नरहेकाले त्यसमा दुई प्रतिशत थपिएर कम्तिमा आठ प्रतिशत पुग्ने भएको हो ।

नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले भने आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी व्याज लिन पाउनेछन् ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याज बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क भने लिन पाउने छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् ।

प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्न मध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने बताए ।

प्रवक्ता घिमिरेले भने ‘दसैं तिहारपछि निजी आवास निर्माणको मौसम सुरु हुन्छ’, यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिनेछ ।’ तर, यस्तो ऋण लिन कार्यविधिले केही सर्त राखेको उनको भनाई छ ।

यस्ता छन् सर्त

सहुलियतपूर्ण कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदान बाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्नेछ ।

यसैगरी, सम्बन्धित लाभग्राही आर्थिक अभावका कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको भूकम्प पीडित मात्र यसका लागि योग्य हुन्छ ।

साथै, ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर भएको हुनुहुँदैन ।

...

बिहीबार ११ असोज २०७५ 

प्रतिक्रिया

Related